१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै

निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै
अ अ+ अ-

काभ्रेपलाञ्चोक । निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ सडक दायाँबाँयाँ खाली गरिदिन गाउँपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मच्छेसम्मको १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको छ । पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचनासमेत निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा उक्त स्थानमा घर बनाउन थालेपछि बजारका रुपमा विकसित भइसकेको छ ।

गाउँपालिका उपाध्यक्ष दलमान लामाले पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका सबै घर–टहरासहितका संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीयलाई समयसीमाभित्रै घर–टहरा हटाउन सूचनाबाहेक अन्य माध्यमबाटसमेत अनुरोध गरिएको हो । उक्त स्थानमा रहेको सार्वजनिक पोखरीमा निर्माण गरिएका पक्की संरचना हटाइ पहिलाकै अवस्थामा ल्याउन पनि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

बजारमा स्थानीय तेमाल सिं तामाङलगायत केहीले विसं २०५९ पछि पक्की घर निर्माण गरेका छन् । “पक्की संरचना त बनाइयो, तर गाउँपालिकाले आफँैं भत्काउन सूचना गरेको छ, हामी पक्की संरचना जोगाइदिन आग्रह गर्दैछौँ”, तामाङले भन्नुभयो । उहाँले केही स्थानीयवासीको ‘घरबास’नै उठ्ने भएकाले संवेदनशील बन्न जनप्रतिनिधिलाई अनुरोध गरेको बताउनुभयो ।

गाउँपालिकाद्वारा जारी सूचनामा समयसीमाभित्र आफैँले भत्काउन र अटेर गरेमा गाउँपालिका कार्यालयले भत्काउने उल्लेख गरिएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डअन्तर्गत १३ किमी सडक कालोपत्र गर्नेगरी २० महिनाअघि (२०७९ साउन १६ गते) निर्माण कम्पनी केएस देवी रमनरतेज जेभीसँग रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने छ ।

आगामी साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडक स्तरोन्नति एवं विस्तारको काम ढिलाइ हुँदा पानी परे हिलो र घाम लागे धुलोका सास्ती खेप्नुपरेको भन्दै नमोबुद्ध नगर र तेमाल गाउँपालिकाका स्थानीयले सडक डिभिजन कार्यालय तथा निर्माण कम्पनीलाई विरोध जनाउँदै आएका छन् । हाल उक्त खण्डमा २२ प्रतिशत मात्रै काम भएको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले शुक्रबार निर्माणाधीन उक्त सडकको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन निर्देशन दिएको छ । साथै कामको प्रगति विवरण पेस समेत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । यसअघि स्थानीयले स्तरोन्नति सुरु गरिएको उक्त सडकको अनुगमन गरी काम छिटो सम्पन्न गराउनुपर्ने माग गर्दै आएका थिए । रासस