• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   अडिसनमा फेल भएपछि अन्तिम समयमा नाटकबाट हटाइयो, आज बलिउडका सुपरस्टार ★   गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै ★   गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु ★   यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन् ★   पृथ्वीराजमार्ग विस्तार: मुआब्जा बुझाइयो तर घर भत्काइएन ★   उत्कृष्ट कौशी खेती कृषकको खोजी गर्दै वडा कार्यालय ★   कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ★   कोशीका मुख्यमन्त्री कार्कीद्वारा अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र पेश ★   दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो ★   टी–२० विश्वकपका लागि अन्तिम टोली आजै घोषणा गर्ने भारतको तयारी

स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै गर्न सकिन्छ: उपप्रधानमन्त्री लामिछाने



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताउनुभएको छ ।

निर्वाचन आयोगको २०८१ सालको मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्तावप्रति इंगित गर्दै उहाँले त्यसअघि पनि गर्न सकिने धारणा राख्नुभएको हो । आईतवार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आफूले अध्ययन गरेर त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताउनु भयो । मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्ताव यस अघिको सरकारसँग निर्वाचन आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निर्णय लिने उहाँले बताउनु भयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । टेन्टेटिबली मंसीरमा सकिन्छ कि भन्ने प्रश्ताव आएको छ । त्यसलाई हामीले हेर्छौं । त्यसको अन्य विभिन्न पाटोहरुमा अध्ययन गरेर मलाई लाग्छ अहिले नै सरकारले घोषणा गर्ने कुरा त होइन । त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्नसक्छौ जस्तो लाग्छ । यस अघि नै मंसीरमा जाने भन्ने कुरा भएको रहेछ । त्यसकारणले मैले अध्ययन गर्न खोजेको छु । केही अघि पनि गर्न नसकिने होइन । तर जटिलताहरु होलान अध्ययन गर्नुपर्छ । तर छिट्टै गर्न सकिन्छ ।’

संघ र प्रदेशको उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताउनु भयो ।