२८ श्रावण २०८३, बिहीबार
,
Latest
दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर) पत्रकार श्रेष्ठको गिरफ्तारी र ‘जनआस्था’ कार्यालयमा प्रहरी छापा निन्दनीय : मानव अधिकार तथा शान्ति समाज कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै गर्न सकिन्छ: उपप्रधानमन्त्री लामिछाने



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताउनुभएको छ ।

निर्वाचन आयोगको २०८१ सालको मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्तावप्रति इंगित गर्दै उहाँले त्यसअघि पनि गर्न सकिने धारणा राख्नुभएको हो । आईतवार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आफूले अध्ययन गरेर त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताउनु भयो । मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्ताव यस अघिको सरकारसँग निर्वाचन आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निर्णय लिने उहाँले बताउनु भयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । टेन्टेटिबली मंसीरमा सकिन्छ कि भन्ने प्रश्ताव आएको छ । त्यसलाई हामीले हेर्छौं । त्यसको अन्य विभिन्न पाटोहरुमा अध्ययन गरेर मलाई लाग्छ अहिले नै सरकारले घोषणा गर्ने कुरा त होइन । त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्नसक्छौ जस्तो लाग्छ । यस अघि नै मंसीरमा जाने भन्ने कुरा भएको रहेछ । त्यसकारणले मैले अध्ययन गर्न खोजेको छु । केही अघि पनि गर्न नसकिने होइन । तर जटिलताहरु होलान अध्ययन गर्नुपर्छ । तर छिट्टै गर्न सकिन्छ ।’

संघ र प्रदेशको उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताउनु भयो ।