२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा पनि पुग्यो पाठ्यपुस्तक



अ+ अ-

सिमकोट । हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।

जिल्लाका उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताउनुभयो । कक्षा एकदेखि कक्षा १० सम्मका सबै सबै पुस्तक पुर्याएको उहाँले बताउनुभयो ।

उहाँले लिमीको सुनखानी विद्यालयमा पुर्याउन यतिबेला सडकमा हिउँ जमेर आवतजावत बन्द भएका कारण पाठ्यपुस्तक पुर्याउन नसकिएको बताउनुभयो । यता ज्ञानु पुस्तक पसलले पनि सर्केगाड गाउँपालिकाका ३२ विद्यालयमा पाठ्यपुस्तक पुर्याउने कार्य पूरा भएको जनाएको छ । यसअघि कक्षा ५ सम्म पुगे पनि चैतको दोस्रो हप्तापछि कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक प्रत्येक सामुदायिक विद्यालयमा पुगेका हुन् ।

जिल्लाको दक्षिण भेगमा रहेका चार गाउँपालिकामा पुस्तक ढुवानीको जिम्मा लिनुभएका एलबी सप्लायर्सका सञ्चालक लोकेन्द्र भण्डारीले पनि आफ्नो जिम्मामा रहेका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याएको बताउनुभयो । गाउँपालिकाका अनुसार ताँजाकोटमा १७, अदानचुलीमा १९, चङ्खेलीमा २२ र खार्पुनाथका १७ विद्यालयमा पाठ्यपुस्तक पुर्याइसकेको भण्डारीले बताउनुभयो ।

कक्षा १ देखि ५ सम्म फागुनमा पुस्तक पुर्याएको भए पनि चैत दोस्रो हप्तायता बाँकी सबै कक्षाका पाठ्यपुस्तक विधार्थीको हात हातमा पुर्याउने कार्य भएको उहाँले बताउनुभयो । हुम्लाका चार गाउँपालिकाका विद्यालयका लागि ३६ हजार थान पुस्तक सप्लायर्सले बुझेर लिई जिल्लामा पुर्याएर बिक्रीसमेत गरेको जनाइएको छ । बाँकी तीन गाउँपालिकाका लागि केन्द्रको सुर्खेत डिपोबाट वितरण गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले जिल्लामा कूल विद्यालयका २१ हजार ६८ विद्यार्थीको हात हातमा पुस्तक पुगेको जानकारी दिनुभयो । सबै कक्षाका विद्यार्थीलाई हातहातमा पुस्तक पुगेपछि पठनपाठनमा पनि सहज भएको छ ।

दुर्गम जिल्ला हुम्लामा गत वर्ष र यस वर्षको शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेका हुन् । समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीलाई पठनपाठनमा सहज हुने भएको छ । हुम्लाका विद्यालयमा गत फागुन ९ गते यता पढाइ सुरु हुन थालेको थियो ।