१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

कुवेतमा श्रम शोषणमा परेकी सपनाको उद्धारका लागि आग्रह

कुवेतमा श्रम शोषणमा परेकी सपनाको उद्धारका लागि आग्रह
अ अ+ अ-

झापा । वैदेशिक रोजगारीका लागि कुवेत जानुभएकी मेचीनगर नगरपालिका–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गर्नुभएको छ ।

काठमाडौँका नारायण थापा नामका एजेन्टले अल्फा नामक मेनपावर कम्पनीमार्फत मासिक रु ४० हजार पारिश्रमिक हुने प्रलोभन देखाएर सात महिना अघि कुवेत पुर्याएको सपनाका पति श्यामबहादुर ठटालले बताउनुभयो ।

मध्य कुवेतबाट ३२ किलोमिटर पश्चिमस्थित अल जहार सहरमा घरेलु कामदारका रुपमा पुर्याइएकी सपनाले दश दिन अघि साथीको मोबाइलमार्फत पतिसँग सम्पर्क गरी आफ्नो नाजुक अवस्थाबारे जानकारी गराउँदै जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गर्नुभएको हो ।

“कुवेत गएको चार महिनादेखि सम्पर्कविहीन अवस्था थियो”, सपनाका पति श्यामबहादुरले भन्नुभयो, “१० दिनअघि एक्कासी फोन आयो, साथीको फोनबाट लुकेर सम्पर्क गरेको बताएकी थिइन्, बिना पैसा रातदिन काम लगाउने गरेको र केही बोल्यो भने उल्टै साहुनीले कोठामा थुनेर कुटपिट गर्ने गरेको बताउँदै जतिसक्दो छिटो उद्धार गरिदिनु भनेर भनिन् ।”

सपना जस्तै थुप्रै महिलालाई कोठामा थुनेर राख्ने गरेको र कामका लागि गाडीमा हालेर टाढासम्म पुर्याउने गरेको सपनाका पति श्यामबहादुरले पत्नीको भनाइ उद्धृत गर्दै बताउनुभयो । मोबाइल खोसेर परिवार र साथीसँग सम्पर्कविहीन बनाएर श्रम शोषण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कुवेत गएपछि एकपटक रु ४० हजार पठाएको र त्यसपछि सम्पर्क टुटेको सपनाकी आमा कृष्णमाया परियारले बताउनुभयो । नाताले भाउजु पर्ने पुष्पा दर्जीमार्फत एजेन्ट थापासँग सम्पर्क भएको र पुष्पा पनि हाल कुवेतमै रहेको कृष्णमायाले बताउनुभयो ।

काठमाडौँ घर बताउने एजेन्ट थापाले पीडितलाई उद्धार गरेर नेपाल ल्याउन रु नौ लाख फिरौती रकम मागेको कृष्णमायाले बताउनुभयो । “रु नौ लाख दिनु, म सपनालाई झिकाइदिन्छु भनेर नारायण थापाले भन्नुभयो”, कृष्णमायाले भन्नुभयो, “पुष्पा दर्जीलाई सम्पर्क गर्दा उहाँले पनि केही मदत गर्न नसक्ने बताउनुभयो ।”

दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएको आफ्नो परिवारसँग फिरौती रकम बुझाउने कुनै सम्भावना नरहेको उहाँले गुनासो गर्नुभयो । वैदेशिक रोजगारीमा जान सपनाले बनाएको कागजातअनुसार उहाँको विसं २०८० भदौ १८ गते कुवेतको भिसा जारी भएको छ भने त्यसको बैधता चार महिना अर्थात् गत पुस १८ गतेसम्म मात्र भएको पाइएको छ ।

सपनाको भिसा कागजातअनुसार उहाँलाई घरेलु कामदारका रुपमा कुवेतको मोदार रियल इस्टेटमा लगेको देखिन्छ । त्यहाँको ठेगाना अल जहरा ब्लक–८, सडक–१६० भएको पनि कागजातमा उल्लेख छ । छोटो अवधिको भिसा बनाएर विदेशमा लैजाने र भिसाको म्याद गुज्रिएपछि अवैध रुपमा काममा लगाएर श्रम शोषण गर्ने गिरोहको फन्दामा पीडित महिला परेको हुनसक्ने आशंका छ । विदेश लैजाँदा लागेको सबै खर्च एजेन्ट थापाले नै व्यहोरेको बताइएको छ ।

कुवेतमा बन्धक जस्तै अवस्था भोगिरहनुभएकी सपनाको घरमा दुई छोरा छन् । सानो छोरा १४ महिनाको छ । उहाँका पति श्यामबहादुर ट्याक्टरमा मजदुरी काम गर्दै आउनुभएको छ । आमा कृष्णमायाले छोरीको सकुशल उद्धार गरी नेपाल ल्याइदिन नेपाल सरकारसँग अनुरोध गर्नुभएको छ । रासस