२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शामीको स्थानमा सन्दीपले गुजरातबाट आईपीएल खेल्ने



अ+ अ-

एजेन्सी । आईपीएल टोली गुजरात टाइटन्सले मोहम्मद शामीको स्थानमा नयाँ खेलाडीलाई खेलाउने भएको छ । मोहम्मद शामीको स्थानमा सन्दीप वारियर गुजरात टाइटन्सको जर्सीमा देखिनेछन् ।

सन्दीप वारियरले २०२१ मा भारतका लागि टी–२० डेब्यु गरेका थिए । उनले घरेलु क्रिकेटमा तमिलनाडुको प्रतिनिधित्व गरेका थिए । यसबाहेक उनी आईपीएलमा कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सको पनि हिस्सा भइसकेका छन् ।

मोहम्मद शामीको हालै शल्यक्रिया भएको थियो । उनी चोटका कारण हाल क्रिकेटबाट बाहिर छन् ।

यसैबीच हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सले घाइते दिलशान मधुशंकाको स्थानमा टोलीमा नयाँ खेलाडी समावेश गरेको छ । मुम्बई इन्डियन्सले दिलशान मधुशंकाको स्थानमा जुनियर रबाडा भनेर चिनिने क्वेना माफाकालाई समावेश गरेको छ । हालै माफाकाले यू–१९ विश्वकपमा आफ्नो प्रतिभा देखाएका थिए । त्यसपछि माफाकाको तुलना दक्षिण अफ्रिकाका महान बलर कागिसो रबाडासँग हुन थाल्यो ।

मुम्बई इन्डियन्स र गुजरात टाइटन्स मार्च २४मा आमने सामने हुनेछन् । दुबैको सिजनमा पहिलो खेल हुनेछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दुवै टोली भिड्नेछन् । मुम्बई इन्डियन्सको कप्तान हार्दिक पाण्ड्या हुनेछन् । यस्तै गुजरात टाइटन्सको नेतृत्व युवा ओपनर शुभमन गिलले गर्नेछन् ।




भर्खरै