२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक व्यक्तिले २ सय १७ पटक कोरोनाको खोप लगाएपछि…



अ+ अ-

एजेन्सी । जर्मनीका एक ६२ वर्षीय पुरुषले आफूले २०० भन्दा बढी पटक कोभिड–१९ को खोप लगाएको दाबी गरेका छन् । यो सुनेर वैज्ञानिकहरु अचम्ममा परेका छन् र अहिले उनको रोग प्रतिरोधात्मक क्षमताको अनुसन्धान गरिरहेका छन् ।

ल्यान्सेट संक्रामक रोग जर्नलमा प्रकाशित एक अध्ययनले बारम्बार खोप लगाउँदाको प्रभावको जाँच गर्यो ।

यस अध्ययनमा संलग्न एक ६२ वर्षीय जर्मन पुरुषले आफूले २१७ पटक कोभिड–१९ को खोप लगाएको दाबी गरेका छन् । तर, यो संख्या अहिलेसम्म पुष्टि भएको छैन । धेरै पटक भ्याक्सिन लिएपछि पनि व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढेको र शरीरमा एन्टिबडी उत्पादन भइरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

स्थानीय समाचारमा खबर सुनेपछि, म्युनिख, भियना र फ्रेडरिक-अलेक्जेन्डर-विश्वविद्यालय एर्लान्जेन-नुरेम्बर्गका अस्पतालका डाक्टरहरूले यस विषयमा जानकारी लिन प्रयास गरे । उनीहरुले उक्त व्यक्तिलाई सम्पर्क गरी अनुसन्धानका लागि बोलाए, जसमा उनी सहमत भए ।

प्रोफेसर किलियन स्कोबरले भने, ‘हामीले अखबारमा पढेर यी व्यक्तिको बारेमा थाहा पायौं । त्यसपछि हामीले उनलाई सम्पर्क गर्यौं र परीक्षणको शृङ्खलाका लागि एर्लान्जेनमा निम्तो दियौं । उनी यसमा धेरै चासो राखे ।’ डा. शोबर र उनका सहकर्मीहरू यस्ता बारम्बार खोपको नतिजा के होला भनेर जान्न चाहन्थे ।

खोपहरूमा सामान्यतया रोग उत्पन्न गर्ने जीवका भागहरू वा व्यक्तिको आफ्नै कोषहरूले बनाउन सक्ने संरचना समावेश हुन्छ । यी एन्टिजेन्सका कारण, शरीरको प्रतिरक्षा प्रणालीले वास्तविक रोग उत्पन्न गर्ने जीवलाई चिन्न सिक्छ । त्यसपछि यो रोगविरुद्ध छिटो र बलियो रुपमा लड्न सक्छ । तर के हुन्छ जब शरीरको प्रतिरक्षा प्रणाली बारम्बार एउटै एन्टिजनको सम्पर्कमा आउँछ ?