१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो



अ+ अ-

काठमाडाैँ । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो ।

दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको उहाँले जानकारी दिनुभयो ।

पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । चालीस मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको छ । यो सडक काठमाडौँको लाइफलाइनका रूपमा रहेको छ । यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।