१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी अस्पतालमा आइसीयु सेवा अभाव



अ+ अ-

काठमाडाैँ । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई प्रर्याप्त सेवा दिन सकेको छैन । आइसीयु सेवा (सघन उपचार कक्ष) भनेको अस्पतालको विशेष कक्ष हो । जहाँ गम्भीर बिरामी, अचानक भएको दुर्घटनाका घाइते र जीवन खतारामा परेका मानिसलाई राखेर गरिने उपचार सेवा हो । सीमित बेड क्षमताका कारण उपचारमा आउने बिरामीलाई गुणस्तरीय सेवा दिन कठिनाइ पनि भएको अस्पतालका मेडिकल सुपरिटेण्ड डा नवीन दर्नालले जानकारी दिनुभयो ।

अस्तालको १३६औँ वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले अस्पतालको स्तरवृद्धि तथा जनशक्ति व्यवस्थापनका लागि सबै पक्षको साझा दायित्व भएको बताउनुभयो । प्रतिनिधिसभा सदस्य केपी खनालले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ गराउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले भेरी अस्पतालको स्तरवृद्धिका लागि प्रदेश सरकारले गर्न सक्ने सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले भेरी अस्पताल यस क्षेत्रका नागरिकको उपचारको भरोसाको केन्द्र भएको जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य सुरेश चौधरी, सुस्मा स्वर्णकार, लुम्बिनी प्रदेशसभा सदस्य वादशाह कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सीएम उपाध्याय, नेपाली कांग्रेस बांकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङ, सङ्घीय स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव डा श्यामसुन्दर यादव, सञ्जीवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रोमन किदवाई, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा.निरज भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा अस्पतालको स्मारिका विमोचन गरिएको थियो । रासस