८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ

स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ
फाइल फोटो
अ+ अ-

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीका स्वकीय सचिव र सल्लाहकारको संख्या बढ्दा मन्त्रालय नै भरिएको र सरकारी खर्चसमेत बढ्ने खतरा रहेको बताउनुभएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले केही मन्त्रीले पाँचदेखि सात जनासम्म तलबसहितका स्वकीय सचिव राखेको र तलबविहीन स्वकीय तथा सल्लाहकारको संख्या पनि २० देखि ३० जनासम्म रहेको आफूले सुनेको बताउनुभयो । उहाँका अनुसार स्वकीय सचिव र सल्लाहकारको बढ्दो संख्याका कारण मन्त्रालयमा कर्मचारीका लागि समेत बस्ने ठाउँको अभाव भएको गुनासो आएको छ ।

सरकारले मन्त्रालयको संख्या घटाएर सरकारी खर्च कटौती गर्ने उद्देश्य लिए पनि स्वकीय सचिव र सल्लाहकारको संख्या बढाउँदा त्यसको विपरीत खर्च बढ्ने उहाँको भनाइ छ । स्वकीय सचिव र सल्लाहकारको अनावश्यक हस्तक्षेपले कर्मचारीतन्त्रको मनोबल कमजोर पार्नुका साथै सुशासन र प्रशासनिक कार्यसम्पादनमा समेत असर पार्न सक्ने उहाँले बताउनुभयो ।

‘मन्त्रीहरूले ५–७ जनासम्म तलबै दिएर स्वकीयहरू राखेको र तलब नदिएर राखेको चाहिँ अझ २०–३० जना छन् रे । मन्त्रालयका सहसचिव र अरू कर्मचारीलाई बस्ने ठाउँ छैन, तर तलब दिएर र नदिएर राखिएका सल्लाहकार र स्वकीयहरूले मन्त्रालयका पूरै फ्लोरहरू नै भरिएको भन्ने सुनेको छु,’ उहाँले भन्नुभयो ।

मन्त्रालयको संख्या घटाउने निर्णयसँगै सरकारी खर्च कटौती हुने अपेक्षा गरिए पनि स्वकीय सचिव तथा सल्लाहकारको संख्या बढाउँदा खर्च अझ बढ्न सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मन्त्रीहरूको सल्लाहकार धेरै राख्दा विभिन्न किसिमका प्रभाव र हस्तक्षेप बढ्न सक्छ । स्वकीय र सल्लाहकारको भूमिकामा रहेका व्यक्तिले मन्त्रालयका सचिवदेखि कर्मचारीसम्मलाई ओभरटेक गर्ने गुनासो पनि हामीले सुनेका छौँ ।’

घिसिङले कर्मचारीतन्त्र निश्चित हाइरार्कीमा सञ्चालन हुने संयन्त्र भएकाले बाह्य हस्तक्षेप बढाउँदा कर्मचारीको मनोबल खस्कने र सुशासन कायम गर्न कठिन हुने बताउनुभयो । सरकारले स्वकीय सचिव र सल्लाहकारसम्बन्धी व्यवस्थाको गम्भीर समीक्षा गर्नुपर्ने उहाँको आग्रह छ ।

आफू मन्त्री हुँदा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाले पनि तलबसहित एक जना मात्र स्वकीय सचिव र बिना पारिश्रमिक एक जना सल्लाहकार राखेको उहाँले स्मरण गर्नुभयो ।

यस्तै, घिसिङले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थाप्रति समेत प्रश्न उठाउनुभयो । सक्षम र योग्य व्यक्तिलाई नियुक्त गरी सांसदको कार्यक्षमता बढाउने उद्देश्य भए स्वकीय सचिव राख्ने व्यवस्था सकारात्मक हुन सक्ने भए पनि व्यवहारमा आफ्ना निकटका व्यक्तिलाई रोजगारी दिलाउने माध्यमका रूपमा यसको प्रयोग भइरहेको उहाँको आरोप छ ।

सांसदहरू सेवाभावका साथ राजनीतिमा आएको अवस्थामा छुट्टै सरकारी सुविधा थप्नुको सट्टा आवश्यक परे आफ्नै तलबबाट स्वकीय सचिव राख्न सक्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्रीका हकमा पनि विगतदेखि कायम सीमित संख्याको व्यवस्थाभन्दा बढी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ । स्वकीय सचिव र सल्लाहकारसम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्दै सरकारी खर्च नियन्त्रण, प्रशासनिक अनुशासन र सुशासनलाई प्राथमिकता दिन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।