२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह

देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह
अ अ+ अ-

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

राप्रपाले मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको निःशुल्क र गुणस्तरीय उपचारको तत्काल व्यवस्था गर्न माग गरेको छ।

पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन आवश्यक रहेको बताउँदै हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव खलल पार्ने जोसुकैलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्ने धारणा राखेको छ।

राप्रपाले तराई–मधेसका विभिन्न क्षेत्रमा चाडपर्व तथा धार्मिक अवसरका बेला पटक–पटक तनाव र हिंसात्मक घटना दोहोरिनु चिन्ताजनक भएको जनाएको छ। धार्मिक संवेदनशीलतासँग जोडिएका घटनाको कारण, पृष्ठभूमि, सुरक्षा कमजोरी र प्रशासनिक जिम्मेवारीबारे गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ।

पार्टीले यस्ता घटना रोक्न सर्वपक्षीय समिति गठन गरी तत्काल संवादको पहल गर्नुपर्ने बताएको छ। प्रत्येक नेपालीले संविधान र कानुनले दिएको अधिकारअनुसार आफ्नो धर्म, संस्कृति र परम्परा निर्भयपूर्वक अभ्यास गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने राप्रपाको भनाइ छ।

राप्रपाले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति स्वीकार्य नभएको उल्लेख गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र नागरिक सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग पुनः आग्रह गरेको छ। साथै, संवेदनशील परिस्थितिमा संयमता अपनाउन आम नागरिकलाई अपिल गरेको छ।