३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना

विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना
अ+ अ-

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदानको अवसर प्रदान गर्न विभिन्न विकल्पमा अध्ययन तथा छलफल अघि बढाउने योजना प्रस्तुत गर्नुभएको छ ।

संसदीय सुनुवाइ समिति समक्ष प्रस्तुत गर्नुभएको ‘अवधारणा–पत्र तथा कार्ययोजना’मा वाग्लेले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न विदेशस्थित नेपाली दूतावास वा तोकिएका स्थानमा मतपेटिकामार्फत मतदान, हुलाकमार्फत मतदान, प्रतिनिधिमूलक मतदान तथा इन्टरनेटमार्फत मतदान गर्न सकिने विकल्पबारे अध्ययन गर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउन विद्युतीय मतदान उपकरण (ई–भोटिङ) को प्रयोग तथा इन्टरनेट मतदानको सम्भाव्यता अध्ययन गरी आवश्यकताअनुसार कार्यान्वयनमा लैजाने योजना पनि अघि सार्नुभएको छ । त्यस्तै, अनलाइनमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने र राष्ट्रिय परिचयपत्र बनाएपछि स्वतः मतदाता नामावलीमा नाम दर्ता हुने प्रणाली विकास गर्ने प्रस्ताव उहाँको कार्ययोजनामा छ ।

निर्वाचन प्रणालीमा सुधारका लागि छरिएर रहेका निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी ‘एकीकृत निर्वाचन कानुन’ निर्माण गर्न पहल गर्ने वाग्लेको योजना छ । त्यस्तै, कुनै पनि उम्मेदवारलाई मतदान गर्न नचाहने मतदाताका लागि ‘नो भोट’ को व्यवस्था गर्न आवश्यक कानुनी प्रबन्ध र छलफल अघि बढाउने प्रस्ताव पनि उहाँले गर्नुभएको छ ।

वाग्लेले व्यावहारिक र स्पष्ट निर्वाचन आचारसंहिता निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । निर्वाचन खर्चलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन उम्मेदवार तथा राजनीतिक दलले बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्नुपर्ने व्यवस्था गर्ने र प्रचार सामग्री तथा प्रचार–प्रसारमा हुने खर्चको सीमा पुनरावलोकन गरी खर्च न्यूनीकरण गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ ।

त्यस्तै, विद्यालयको पाठ्यक्रममा निर्वाचन शिक्षा समावेश गर्न पहल गर्ने तथा सामाजिक सञ्जालमार्फत मतदाता सचेतना अभिवृद्धि गर्ने उहाँको योजना छ । राजनीतिक दलका सबै तहका समितिमा नेपालको विविधता झल्कने गरी समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक पहल गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

निर्वाचन आयोगको संस्थागत सुदृढीकरणका लागि भवन नभएका जिल्लामा आयोगका भवन निर्माण गर्ने तथा कर्मचारीलाई आवश्यक तालिम र अभिमुखीकरण प्रदान गर्ने योजना पनि वाग्लेको कार्ययोजनामा समेटिएको छ ।

ओखलढुंगा निवासी वाग्ले २४ वर्षदेखि निजामती सेवामा निरन्तर कार्यरत रहनुभएको छ । संवैधानिक परिषद्को २०८३ असार १९ गते बसेको बैठकले उहाँलाई निर्वाचन आयुक्त पदका लागि सिफारिस गरेको हो ।