काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
देउवाले सामाजिक सञ्जालमार्फत श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निर्वाह गर्नुभएको अग्रणी भूमिका सधैं स्मरणीय रहने देउवाले उल्लेख गर्नुभएको छ। उहाँले श्रेष्ठलाई आफ्नो मित्रका रूपमा समेत स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।











