२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

मसँग इमानको लडाइँ लड्न सक्दैनौ,सक्दै त सक्दैनौ

मसँग इमानको लडाइँ लड्न सक्दैनौ,सक्दै त सक्दैनौ
अ अ+ अ-

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचतकर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ।

त्यो पनि प्रहरीसँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनुपुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछि प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो।

योजना त पहिले नै बनेको थियो। Well Played कान्तिपुर। सूर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (सायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएँ। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणित भए तिरौंला पनि।यत्रो ऋण लिनेलाई नै कुनै अत्तोपत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचनवद्धता दिएर छुटिएको हुँ।

यो पनि पढ्नुहोस- रवि माथि पोखरामा खोया प्रहार,बाचा सम्झेर घरमा सजाएर राख्छु: लामिछाने (भिडियो सहित)

ग्यालेक्सी टिभी सँगको मेरो कुरा सफाचट छ, क्लियर छ। तर पित-पत्रकारिता गर्नेहरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएँ। इच्छुकले खोजेर हेर्नुहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सूर्यदर्शनसँग करोड लिएको समाचारतर्फ प्रवेश गर्नुछ। तर म आफैँले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफैँ गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु।

भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारितामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइँ धेरै पर जान्छ। र मसँग इमानको लडाइँ लड्न सक्दैनौ, सक्दै त सक्दैनौ । म आक्रोश प्रतिशोधबाट माथि उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं ।

त्यत्रो ठूलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौं,एकअर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र?

हिजोसम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न,

छर-छिमेकीलाई डिस्टर्ब हुन्छ।

भिडियो हेर्नु होला।

https://www.facebook.com/newspolar/videos/1407815143418810

आफूमाथि प्रहार भएको खोया प्रकरण पछि रवि लामिछानेले सामाजिक संञ्जालमा राख्नु भएको प्रतिक्रियाबाट