११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई  कारबाही गर्ने



अ+ अ-

लुम्बिनी । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही गर्ने भएको छ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीले कारबाही गर्ने भएको हो ।

सांसद न्यौपाने रुपन्देहीका हुन् भने पन्थी गुल्मीका हुन् । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले एमाले प्रवेश गरेका थिए । 

उनीहरुलाई पार्टीले कारबाही गरेको खण्डमा सांसद पद खारेज हुनेछ । यता पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि एक हप्ता बितिसक्दा पनि सांसदद्वयले स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गर्न लागेको हो ।

यस्तै प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेललाई दिएको समर्थन फिर्ता गर्ने पनि तयारी थालेको बताइएको छ । माओवादी केन्द्रको समर्थन गुमाएपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुमाउनेछन् । लुम्बिनी प्रदेशसभामा एमालेसँग ४१ सीट रहँदा माओवादी केन्द्रका २० सांसद रहेका छन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएका हुन् ।