११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रद्वारा लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही



अ+ अ-

लुम्बिनी । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीले कारबाही गरेको हो ।

सांसद न्यौपाने रुपन्देहीका हुन् भने पन्थी गुल्मीका हुन् । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले एमाले प्रवेश गरेका थिए । 

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका र पछि एमालेको केन्द्रीय सदस्यमा मनोनित भएपछि दुवैजनालाई संसदीय दलका नेता कुलप्रसाद केसीले २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । 

तर उनीहरुले स्पष्टीकरणको जवाफ नबुझाएपछि पार्टीले कारबाही गरेको हो । पार्टीले कारबाही गरेसँगै उनीहरुको सांसद पद खारेज भएको छ । लुम्बिनी प्रदेशमा कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद रहेका छन् । दुईजना एमालेमा लागेपछि अब माओवादी केन्द्रसँग १७ सांसद कायम रहने भएका छन् ।