९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने



अ+ अ-

काठमाडौं । निधन भएको व्यक्तिको अपुताली सो व्यक्तिलाई निधन हुनुअघि कसले पालनपोषण गरेको हो भन्ने स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।

बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनव अन्सारी र सोही जिल्लाको साविक वसन्तपुर गाउँ विकास समिति बस्ने मनोरमा अन्सारीबीच बाबुआमाको अपुतालीको सम्पत्ति कसले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो । दुवै दिदीबहिनीबीच बाबुआमालाई आफूले पालनपोषण गरेको उल्लेख गर्दै अपुतालीबाट प्राप्त भएको सम्पत्ति आफूले मात्र पाउनुपर्ने भन्दै विवाद भएको थियो ।

अपुतालीमा विवाद भएपछि मनोरमाले अपुतालीमा आफ्नो हक लाग्ने भन्दै बारा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । बारा जिल्ला अदालतले मनोरमाको दाबी नपुग्ने ठहर गरेको थियो । पछि तत्कालीन पुनरावेदन अदालतले पनि अपुतालीबाट प्राप्त भएको सम्पत्ति ती दुई मात्र नभइ तीनै जना दिदीबहिनीले पाउने भन्ने फैसला गरेको थियो । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतबाट भएकै फैसलालाई सदर गरी तीनैजना दिदीबहिनीले अपुतालीको सम्पत्ति पाउने भनी फैसला गरिदियो ।

सर्वोच्चले डढे वर्षअघि सो फैसला गरेको भएतापनि फैसलाको पूर्ण पाठ केही दिनअघि मात्र सार्वजनिक भएको छ । सर्वोच्चको फैसलामा उल्लेख छ– ‘कुनै ठोस र निश्७शधवसचयात्मक प्रमाणबाट बाबुआमालाई वादी–प्रतिवादीमध्ये यसैले नै पालनपोषण, स्याहारसुसार र औषधोपचार गरेको हो भन्ने पुष्टि नभए त्यस्तो अवस्थामा उनीहरूको पालनपोषण र स्याहारसुसारमा वादी–प्रतिवादी सबैको नै भूमिका रहको भनी बाझ्नुपर्ने हुन्छ ।’ समाचारपत्र दैनिकमा समाचार छ ।