७ भाद्र २०८३, आईतवार
,
Latest
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने वैदेशिक रोजगारी छाडेर स्वदेशमै सुकुटी व्यवसाय, मोरङ लक्ष्मीमार्ग बन्दै ‘सुकुटी बजार’ विद्यालय तहको शिक्षा क्षेत्रलाई संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न मिल्दैनः अध्यक्ष ढुंगाना तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्वे र रबिन्द्रको शतक, न्युजील्यान्ड ९ विकेटले विजयी



अ+ अ-

इङ्ल्यान्ड बिरूद्ध न्युजील्यान्डका दुई ब्याट्सम्यानले शतक प्रहार गरेपछि न्युजील्यान्डले डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई ९ विकेटले पराजित गरेको छ ।

न्युजील्यान्डका ओपनिङ ब्याट्सम्यान डेभोन कन्वेले १५२ र रचिन रबिन्द्रले १२३ रन बनाएका थिए । उनीहरू अन्तसम्म अविजित रहे ।

आइसिसि विश्वकप अन्तरगत पहिलो खेलमै न्युजील्यान्डले विजयी सुरूवात गरेको छ ।

इङ्ल्यान्डले प्रस्तुत गरेको २८३ रनको चुनौती पछ्याएको न्युजील्यान्डले ३६.२ ओभरमा १ विकेटको क्षतिमा २८३ रन बनाएको हो । न्यूजील्यान्डका एक मात्र ब्याट्सम्यान विल योङ ० रनमै विदा भएका थिए ।

यसअघि इङ्ल्यान्डले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २८२ रनको चुनौतीपूर्ण लक्ष प्रस्तुत गरेको थियो । इङल्यान्डका लागि जो रूटले सर्वाधिक ७७ रनको योगदान गरेका थिए । उनीबाहेक, जाेनी बेयरस्टोले ३३, डेविड मलानले १४, ह्यारी ब्रुकले २५, मोइन अलिले ११, जस बट्लरले ४३, लियाम लिभिङस्टोनले २०, साम कुरानले १४, क्रिस वोक्सले ११, अदिल रसिदले १५ तथा मार्क उडले १३ रन बनाएका थिए ।

शुक्रबारको खेल

पाकिस्तान र नेदरल्यान्ड्स

(हैदराबाद, २.१५ बजे)