३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा

च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य

च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य
अ+ अ-

काठमाडौँ: एशियाली खेलकुदमा ९ पल्टसम्मको सहभागितामा नेपालको उसु खेलले अहिलेसम्म यादगार बनाउन सकिरहेको छैन । सन् १९५४ को पहिलो एसियाली खेलदकुदबाट नै नेपालले सहभागिता जनाउन थाले पनि नेपालका उसु खेलाडीले सन् १९९० को ११ औं संस्करणदेखि मात्र प्रतिस्पर्धा गर्ने अवसर पाए ।

त्यसयता, एसियाली खेलकुदको ३६ वर्षको यात्रामा नेपाली खेलाडीले अहिलेसम्म पदक दिलाउन सकेका छैनन् । यसपल्ट जापानको नागोया-आइची शहरमा एसियाली खेलकुदको २० औं संस्करण आयोजना हुँदैछ । जसमा नेपालको २२ वटा खेलमध्ये उसु खेल पनि समावेश छ । आगामी सेप्टेम्बर १९ देखि हुने एशियाली खेलकुदमा नेपालले थाउलो र सान्सौं विधामा प्रतिष्पर्धा गर्दैछन् ।

कुल ११ जना खेलाडीले प्रतिष्पर्धा गर्ने तयारी गरिरहेका छन् । च्यातिएका र भिजेका म्याटमा एसियन गेम्सको तयारी गरिरहेको खेलाडीहरू पदक जित्ने विश्वासमा छन् । थाउलो खेलाडीको म्याट च्यातिएका छन् भने खेल्ने स्थानमा पानी जम्ने गरेको छ । नेपाल उसु महासंघका पदाधिकारी र खेलाडी पानी फ्याक्दै प्रशिक्षण शुरु गर्ने गर्छन् । १९ औं एसियन गेम्समा थाङछ्वान विधामा विजयी सिन्जाली सातौं र सुस्मिता तामाङ आठौं भएका थिए । यो प्रदर्शन नै एसियाली खेलकुदमा नेपालका उसु खेलाडीले दिलाएको सबैभन्दा ठूलो हो । यद्यपि, यसपल्ट लामो समयदेखि मिसन २०२६ को नामबाट तयारी र वैदेशिक प्रशिक्षणबाट खेलाडी र प्रशिक्षक पदक जित्नेमा आशावादी छन् ।

नेपाली उसुका मुख्य प्रशिक्षक गणेश अर्यालले करिव १८ महिनादेखि खेलाडीले तयारी गरिरहेको बताउँछन् । यद्यपि डाइटसहित क्याम्पमा राखेको धेरै समय नभएको उनले उल्लेख गरे । थाउलो विधाले एक महिना चीनमा प्रशिक्षण गरेर आएपछि धेरै पक्षमा सुधार आएको उनको विश्वास छ ।

उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रश्तुत गर्नेछन् । उसुमा थाउलु र सान्सौं गरेर मुख्यतय दुई विधा हुन्छन् । सान्सौं (फाइट) विधातर्फ पुरुष ५६ केजीमा रोहित चुनारा, ६० केजीमा मुकेश पण्डित, ६५ केजीमा अमर सुनार र ७५ केजीमा सञ्जीव महर्जनले चुनाती प्रश्तुत गर्दैछन् । महिला ६० केजी तौलसमूहमा रिता ठकुल्ला छिन् । सान्सौं टोलीका प्रशिक्षकमा तुलसीनन्द बज्राचार्य छन् । सान्सौका प्रशिक्षक बज्राचार्यले प्राप्त सेवा सुविधाअनुसार खेलाडीले पनि मेहनत गरिरहेको बताए । स्पाइरिङ र टेक्निकल रूपमा खेलाडीले तयारी गरिरहेको उनी बताउँछन् । तर फाइटमा पूर्ण रूपमा भिडेर प्रशिक्षण गराउन नपाएको उनको भनाइ छ । फिल्डमा चिकित्सक र फिजियोथेरापिस्ट नहुँदा सजक भएर खेल्नुपरेको प्रशिक्षक बज्राचार्य बताउँछन् । राष्ट्रिय खेलकुद परिषद्बाट आवश्यक सेवा सुविधा पाउन नसकेको उनको भनाइ छ । तर पनि सीमित सुविधा पाए पनि खेलाडीले उत्कृष्ट दिएको उनको विश्वास छ ।

महिला ६० केजी तौलसमूहमा प्रतिष्पर्धा गर्न लागेकी रिता ठकुल्ला पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नै पदक जित्ने उनको विश्वास छ । यद्यपि, एशियाली खेलकुद जस्तो प्रतिस्पर्धामा तयारी गर्दा पर्याप्त र आवश्यक म्याट उपलब्ध हुन नसक्दा उनको दुखेसो छ । कोही खेललाई विदेशमा प्रशिक्षण अवसर पाइरहेको अवस्थामा सान्सौले प्रशिक्षण गर्ने स्थान पनि राम्रो नपाएको रिता बताउँछिन् । उसुकै म्याट बिना नै आफूहरूले तयारी गरिरहेको उनको भनाइ छ । प्रशिक्षण गरिरहेको हल र म्याटले गर्दा सबै खेलाडीको मनोविज्ञानमा पनि असर परिरहेको सान्सौं विधाकी खेलाडी रिता ठकुल्ला बताउँछिन् । तर यसका बाबजुद सबै खेलाडीले सतप्रतिशत दिएर खेलेका छन् ।

यद्यपि, नेपाल उसु महासंघका महासचिव नवराज ढुङ्गानाले तीन वर्षदेखि उसुको म्याटका लागि पहल गरिरहेको दाबी गरे । मिसन २०२६ को प्रशिक्षण शुरु भएयता नै उसुको म्याटका लागि सरकारसँग माग गरेको उनी बताउँछन् । थोरै मूल्यको सामान महासंघले किने पनि लाखौं पर्ने सामानका लागि सरकारको सहयोग बिना सम्भव नहुने महासंघका महासचिव ढुङ्गानाले उल्लेख गरे । राज्यले त्यसबारे सुनिरहे पनि नतिजा आउन नसकेको उनले बताए । महासंघले आफ्नो तर्पmबाट गर्नुपर्ने काममा कुनै कमी नहुन नदिएको उसु महासंघको दाबी छ । अहिले प्राप्त सेवासुविधाबाट खेलाडीले उत्कृष्ट तयारी गरिरहेका छन् । महासचिव ढुङ्गानाले महासंघकै पहलमा एक महिनासम्म खेलाडीलाई चीनमा प्रशिक्षण गराएको बताए । थप वैदेशिक प्रशिक्षण र अन्य सेवासुविधाका लागि पहल गरेको महासचिव ढुङ्गानाले दाबी गरे । तर अझैखेलाडीले दिनुपर्ने सुविधामा चुकेको उनले स्वीकार गरे ।

नेपाली उसुका सबैभन्दा ठूलो सफलता प्राप्त गर्ने खेलाडी विजय सिन्जाली हुन् । उनले जापानमा भएको सन् तेस्रो थाउलो विश्वकपमा कांस्य पदक पाएका थिए । सोही पदक प्राप्त गरेपछि विजयले नेपाल सरकारबाट ६५ लाख पुरस्कार पनि पाए । एकैपटक यति धेरै पुरस्कार पाउने उनी पहिलो नेपाली खेलाडी हुन् । पछिल्लो एशियन गेम्स पनि खेलका विजयबाट यसपल्टको एशियन गेम्समा आशा गरिएका खेलाडी हुन् । चीनमा भएको विशेष प्रशिक्षणबाट राम्रो प्रदर्शन गर्नसक्ने उनको पनि विश्वास छ । तर आफ्नो टोलीले च्यातिएको र पानीले भिजेको म्याटमा प्रशिक्षण गर्नुपरेको उनको गुनासो छ । म्यानेजर बिना नै आफ्नो टोली रहेको उनले उल्लेख गरे । तर, आफूहरूले राम्रो वातावरण राम्रो नपाए पनि जतिसक्दो उत्कृष्ट दिने लक्ष्य रहेको विजय बताउँछन् ।

थाउलुको प्रशिक्षकमा प्रकाश महर्जन हुन् । थाउलुका प्रशिक्षक महर्जनले लामो समयदेखि तयारी र वैदेशिक प्रशिक्षणले खेलाडीमा धेरै सुधार आएको आशा व्यक्त गरेका छन् । यद्यपि, पछिल्लो १८ महिनामा बिच बिचमा खेलाडीको प्रशिक्षणमा अवरोध भएको उनले उल्लेख गरे । विगतभन्दा यसपल्ट खेलाडीहरूमा धेरै पक्षमा राम्रो प्रदर्शन आएको उनी बताउँछन् । तर प्रशिक्षणका लागि राम्रो र आवश्यक म्याट पाउन नसकेको उनले पनि गुनासो गरे । खेलाडीले खराब माहोलमा प्रशिक्षण गर्नुपरे पनि पदक जित्ने आत्मबलका साथ तयारी गरिरहेको प्रशिक्षक महर्जनको विश्वास छ । खेलाडी पनि धेरै मिहेनत गरेको उनी बताउँछन् ।

थाउलु विधातर्फ छाङक्वानमा विजय र सुष्मिताले खेल्नेछन् । थायची छ्वान-थायची चेन सु अलराउन्डमा हरिप्रसाद गोले र सविता राई तथा नानछ्वान-नान कुन सु अलराउन्डमा दीपक हमालले प्रतिष्पर्धा गर्ने तयारी छ । कुनसु-ताओसुमा राजीव तामाङले खेल्दैछन् । दीपक र विजय १३औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् । लामो समयदेखि राष्ट्रिय टोलीमा रहेका यी दुईसँगै अन्य खेलाडी पनि खराब प्रशिक्षण स्थलमा तयारी गरे पनि उत्कृष्ट नतिजा दिने विश्वासमा छन् । –न्युज एजेन्सी नेपाल