६ भाद्र २०८३, शनिबार
,
Latest
एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिज अन्तर्गत बङ्गलादेश हाइपरफर्मेन्स-११ विरुद्धको खेलमा नेपाल ‘ए’ पुरुष टोलीले टस हारेर ब्याटिङको मौका पाएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मारारा खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेटले हार व्यहोरेको थियो । नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै जितको खाता खोल्ने योजनामा छ ।

टप एन्ड टी-२० सिरिजको इतिहासमा बङ्गलादेशविरुद्ध नेपालको यो दोस्रो भेट हो । गत संस्करणमा भएको खेलमा बङ्गलादेश ‘ए’ विरुद्ध नेपाल ३२ रनले पराजित भएको थियो ।

जारी प्रतियोगिताका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान छन् । रासस