३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
अ+ अ-

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) भोलि शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ई स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोर्ट्स काउन्टीको आयोजनामा पब्जी मोबाइलको आधिकारिक दुईदिने राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन्। पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको पीएमएनसीमा डीआरएससहित १६ टोली सहभागी हुनेछन्। लोकप्रिय टोली होरा ई स्पोर्ट्स भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ।

प्रतियोगिताको कुल पुरस्कार रकम १ हजार अमेरिकी डलर रहेको छ। यस अन्तर्गत विजेताले ४ सय अमेरिकी डलर, उपविजेताले २ सय ५० डलर र तेस्रो हुने टोलीले १ सय ५० डलर पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, चौथो स्थानमा रहने टोलीले १ सय २० डलर र पाँचौं स्थानमा रहने टोलीले ८० अमेरिकी डलर प्राप्त गर्नेछन्। साथै, शीर्ष १२ टोलीहरू ‘२०२६ पब्जी मोबाइल नेशनल च्याम्पियनसिप – साउथ एसिया फल’ का लागि छनोट हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति प्राप्त प्रतियोगितामा खेल प्रतिस्पर्धासँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा गीत संगीत, फुड स्टल तथा विभिन्न गेमिङ जोनको व्यवस्था रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालको पब्जी मोबाइल तथा समग्र ई स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाडी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।