२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’

बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’
अ अ+ अ-

बागलुङ । बिहीबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह हिमाल पारीको जिल्ला मुस्ताङ भ्रमणमा जाने समाचार अकस्मात बाहिरियो । याे उनको प्रधानमन्त्री भएपछिको पहिलो जिल्ला भ्रमण थियो । देशका कार्यकारी प्रमुख मुस्ताङ जाँदा पक्कै हवाईमार्फत होला भन्ने लागेको थियो । लाग्नु पनि स्वभाविक थियो । किनकी, यसभन्दा अगाडिका प्रधानमन्त्रीले लामो दूरीको यात्रा गाडीमा कमैले गरेका थिए । राजधानी काठमाडौँदेखि करिब ५०० मिलोमिटर टाढा रहेको मुस्ताङ स्थलमार्ग पुग्न त्यत्ति सहज छैन ।

बालेन मुस्ताङ जाने भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत जान्छन् होला भन्ने धेरैको आँकलन पनि थियो । अनि शुक्रबार केही मिडियामा यो समाचार आएको पनि थियो । प्रधानमन्त्री आजै पोखरा पुग्नासाथ सेनाको हेलिकोप्टर बाट मुस्ताङ जाने, त्यसका लागि पोखरामा सेनाको हेलिकोप्टर तयार रहेको समाचार पनि अएको थियो शुक्रबार ।

शुक्रबार बिहानै प्रधानमन्त्री बालेन गाडीमै यात्रा सुरु गरे । मुस्ताङ यात्रामा निस्किएका शाह धादिङको गजुरीस्थित नेपाली सेनाको भैरव गणमा रोकिए । उक्त गणमा करिब २० मिनेट रोकिएका उनी पोखरा लागे । नेपाली सेनाबाहेक अन्य कुनै पनि सुरक्षा निकायलाई थाहै नदिई यात्रा सुरु गरेका बालेन पृथ्वी राजमार्ग हुँदै तनहुँ सदरमुकाम दमौली आए ।

दमौली स्थित नेपाली सेनाको ब्यारेकमा विहानको खाना खाएर प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे« गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज पुगे । दिउँसो ३ बजे रिसोर्ट पुगेका उनको रात त्यही बित्यो । काठमाडौँदेखि नै सिधा हवाई यात्रामा मुस्ताङ जाने कतिपयको आँकलन गाडीमै पोखरा आउँदा फेल खाइसकेकोल थियो । पोखराबाट त सिधा हवाईमार्फत मुस्ताङ जान्छन् भन्ने धेरैको अड्कल पनि बालेनले फेल गराइ दिए ।

उनी पोखराबाट पनि गाडीमै मुस्ताङको यात्रा गरे । विहान १० बजे अन्नपूर्ण ईको भिलेजबाट यात्रा सुरु गरेका बालेन विहान ११ः२० बजे बागलुङ र पर्वतको संगम मालढुङ्गा आइपुगेका थिए । अस्तामबाट यात्रा सुरु गरेका बालेन पर्वत, बागलुङ बेनी कतै पनि नरोकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी स्थित होटल हट नेचुरल स्पाइरिङमा रोकिन पुगे ।

खाना खानका लागि करिब एक घण्टा त्यहाँ बिताएका बालेन सिधै मुस्ताङ हानिएर करिब चार बजे मुस्ताङ पुगे । पोखरा–बेनी सडक सहज भए पनि बेनी–जोमसोम सडक भने निकै जोखिमपूर्ण छ । दर्जनौँ ठाउँमा पहिरो र बाढीले भत्किएको सडक, उप्किएको कालोपत्रे र छियाछिया परेका टायरको डोबहरुमै बालेनको एक्सप्रेस गाडी रोकिएन ।

साँघुरा, अप्ठ्यारा र अति जोखिमूर्ण सडकलाई नै बालेने चुनौती दिँदै गाडी घुइँकाई रहे । ठाउँ ठाउँमा हातमा फुल लिएर स्वागतका लागि बसेका नगरिकको बेवास्ता गर्दै घुइँकिएका बालेन अन्ततः गाडीमै मुस्ताङ पुगे । हुन त गाडीमा यात्रा गर्नु समान्य कुरानै हो । तर देशको गरिमामय पदमा रहेको व्यक्ति स्वयं गाडी हाँकेर काठमाडौँदेखि मुस्ताङ पुग्नु त्यत्ति सहज भने छैन । कतिपयले उनको यो यात्रालाई ‘स्टनण्ड’ भनेका छन् भने कतिले देशको अभिभावकले दूर दराजको समस्या हिडेरै बुझ्न खोजेको भन्ने गरेका छन् ।

काठमाडौँदेखि म्याग्दी सदरमुकाम बेनी बजारसम्म सडक सहज भए पनि त्यसभन्दा माथिको अवस्था निकै खराब छ । वर्षौ सवारी साधान चलाउने चालकलाईनै यात्रा गर्न धौ धौ पर्ने बेनी–जोमसोम सडक बालेनले गाडी चलाएरै यात्रा गर्नु चानचुने भने छैन । माथिपट्टी अनकन्टार भिर, तलपट्टी उर्लिएको कालीगण्डकी र बीचमा गाडीको टायर मात्रै अट्ने सडकमा यात्रा गर्दा बालनेनै पक्कै लागे होला ‘यस्तो सडकमा हजारौँ नागरिक र स्वदेशी विदेशी पर्यटक कसरी यात्रा गर्छन् ।’

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबर नजिकको महभिरको सडकमा यात्रा गर्दा पक्कै पनि बालेन झिसिङ्ग भएर मुटु छामे होलान् । सायद यो सडक देशकै अति जोखिमपूर्ण सडकका रुपमा लिइन्छ । यहाँ मात्रै होइन, दाना, रुप्से झरना हुँदै मुस्ताङको सिमाना घाँसासम्मको सडकमा यात्रा गर्दा उनलाई पनि सहज लागेन होला । उनले त आज मात्रै यात्रा गरेका हुन् । यो सडक भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिकलाई कस्तो हुँदो हो ? र कस्तो हुँदो हो, ति विदेशी पर्यटकलाई ।

बालेन सुखमै जन्मे, हुर्के र यहाँसम्म आइपुगे । उनलाई मह भिरको जस्तो अनकान्टर भिरमा यात्रा गर्नु परेको थिएन होला । रुप्सेको हिलोमा जस्तो फस्नु परेको थिएन होला र अनुभूत गर्नु परेको थिएन होला । तर अब पक्कै पनि अनुभूत गरे होलान्, मुस्ताङीको पीडा ।

बालेनको सानो साहसले मुस्ताङ गाडी हाकेर पुगेका पक्कै होइनन् । व्यक्तिगत भ्रमण भए पनि यहाँका समस्या, नागरिकको पीडा र संभावनाका बारे अवस्य पनि बुझ्ने छन् । त्यति मात्रै होइन समाधानका लागि पनि कदम चाल्ने छन् । देशको प्रधानमन्त्रीको यो यात्रालाई सामान्य रुपमा लिनु हुँदैन । मुस्ताङ आफै पनि धार्मिक र पर्यटनका हिसाबले अगाडि छ, त्यसमाथि देशको प्रधानमन्त्रीको भ्रमणले यहाँको विकासमा केही टेवा पुग्ने नै छ ।

उनलाई बालकदेखि वृद्धसम्मले ठूलो भरोसा गरेका छन् । आम नागरिकको भरोसालाई टुटाउने छुट बालेनलाई छैन । दशकौँदेखि नागरिकले जोखिमपूर्ण यात्रा गर्दै आएको सडकमा आफै गाडी कुदाएर यात्रा गरेका बालेनलाई अब भुइँ मान्छे र विकट ठाउँका नगरिकका पीडा पक्कै पनि बोध भएको हुनुपर्छ ।

बालेनको काठमाडौँ–मुस्ताङ यात्राका क्रममा धेरै नागरिक भेटे । ठाउँ–ठाउँमा रोकिएर नागरिकका गुनासा सुन्नेदेखि आर्शिवाद लिनेसम्म गरे । यसभन्दा अगाडिका अधिकांश प्रधानमन्त्रीले यसरी यात्रा गरेको त्यत्ति पाइँदैन । तर बालेनले चाहीँ यत्ति आँट गरे । अझ भनौँ गाडी हाँकेर हिमाल पारि पुगेका बालेनले पक्की पनि नेपाली जनताका लागि सुखद सन्देश दिने गरि सिंहदरबार छिर्ने छन् ।

नेपालको इतिहासमा यसरी काठमाडौँबाट सडक मार्गबाटै मुस्ताङ पुगेका प्रधानमन्त्री सायदै छन् होला । अनि आफैले गाडी चलाएर काठमाडौँबाट मुस्ताङ पुगेका प्रधानमन्त्री त छैनन् नै । त्यसैले यो यात्रालाई स्टण्ड मात्र भन्नु न्याय हुँदैन होला । बरु, यसलाई साहसका रुपमा हामीले हेर्न सक्छौँ । त्यसैगरी शनिबार र आइतबारको दुई दिन विदामा कुनै पनि कर्मचारी अर्थात् नागरिक यसरी पर्यटन भ्रमण गर्न सक्छन् भन्ने सन्देश पनि प्रधानमन्त्रीको यो भ्रमणले दिन खोजेको हुनसक्छ ।