७ भाद्र २०८३, आईतवार
,
Latest
तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका–२ का ५० वर्षीय रमेश रेउले रहेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नवीनले मलेसिया पठाइदिने भन्दै तीन जनाबाट रु १४ लाख तथा रमेशले अमेरिका पठाइदिने प्रलोभन देखाएर एक जनाबाट रु तीन लाख लिएका थिए ।

रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।