४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने
अ+ अ-

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाबाट प्राप्त सुझावलाई नीतिगत तथा कानुनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शिक्षा मन्त्रालयले आइतबार आयोजना गरेको ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विधेयकलाई समावेशी, व्यवहारिक र दीर्घकालीन बनाउन सरोकारवालासँग व्यापक छलफल गरिएको बताउनुभयो ।

उहाँका अनुसार मन्त्रालयले देशका विभिन्न प्रदेश तथा स्थानीय तहमा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालासँग गहन छलफल गरी सुझाव संकलन गरेको छ ।

मन्त्री पोखरेलले छलफलबाट प्राप्त सुझाव केवल अभिलेखमा सीमित नराखिने स्पष्ट पार्दै ती सुझावलाई आवश्यकता र सम्भाव्यताका आधारमा ऐन, नियमावली तथा आगामी नीतिमा समावेश गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विभिन्न प्रदेशका राजधानीमा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विभिन्न सरोकारवालाका सुझाव संकलन गरेका छौँ । आजको कार्यक्रममा आएका सुझाव पनि व्यवस्थित रूपमा अभिलेखीकरण गरिरहेका छौँ । यी सुझाव केवल आवाजका रूपमा सीमित हुँदैनन् ।”

विधेयक निर्माणको प्रक्रिया अझै जारी रहेको उल्लेख गर्दै उहाँले यसलाई अन्तिम चरणका रूपमा नलिन आग्रह गर्नुभयो । विधेयक संघीय संसद् तथा संसदीय समितिमा छलफल हुँदै राजपत्रमा प्रकाशित हुने चरणसम्म पनि सुझाव संकलनलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

मन्त्री पोखरेलले तत्काल गर्न सकिने, पछि गर्नुपर्ने र तत्काल कार्यान्वयन गर्न नसकिने विषयबारे समेत मन्त्रालयले पारदर्शी रूपमा जानकारी गराउने बताउनुभयो ।

उहाँले विद्यालय शिक्षा विधेयक निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गर्न उपयुक्त मञ्चको व्यवस्था गरिने जानकारी दिँदै प्राप्त सुझावलाई विधिगत प्रक्रियामार्फत समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

“आजको कार्यक्रम अन्त्य होइन, सुरुवात हो,” मन्त्री पोखरेलले भन्नुभयो, “विधेयक संसद् र विभिन्न समितिमा छलफल हुँदै राजपत्रमा प्रकाशित हुने चरणसम्म पनि यहाँहरूका सुझाव निरन्तर संकलन गरी विधिगत रूपमा समाधान गर्ने हाम्रो प्रयास रहनेछ ।”

मन्त्रालयले विधेयक निर्माणको सम्पूर्ण प्रक्रियामा पारदर्शिता कायम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।