७ भाद्र २०८३, आईतवार
,
Latest
तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना



अ+ अ-

काठमाडौँ । १९औँ एसियाली खेलकुद (एसियाड)को महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढेको छ । नेपालले आज बङ्लादेशलाई ३७–२४ ले हराएसँगै पदक जित्ने आशा जागेको हो ।

जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बङ्लादेश एकै समूहमा छन् ।

नेपालले समूहको अर्को खेल भोलि इरानसँग खेल्नेछ । यस्तै, समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेइ र थाइल्यान्ड रहेका छन् । बङ्लादेशलाई हराएको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना अधिक छ ।

कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुनेछ । अन्तिम चारमा पराजित हुने दुवै टोलीले कास्य पाउने छन् । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाएपनि हालसम्म पदकविहिन छ ।