• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

कांग्रेसको किचलो, किन बस्दैछ शेखर कोइराला पक्षको बैठक?



फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वको लडाइँ यद्यापी जारी छ । पार्टीका वरिष्ट नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज फेरि बस्दैछ, र यसमा युवा नेतृत्वलाइ पनि निमन्त्रण गरिएको छ ।

बैठक शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज बस्ने गरी बोलाइएको छ । बैठकका शेखर र गगन थापा पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुनेछन् ।

स्रोतका अनुसार युवानेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई बैठकमा डाकिएको छ । शेखर कोइराला विश्व र प्रदीपलाई आफ्नो समूहमा भित्र्याउन प्रयासरत छन् ।

डा शेखरले १४औं महाधिवेशनपछि विश्वप्रकाश र प्रदीपसहितको बैठक पहिलो पटक गर्न लागेको बताइएको छ ।

शेखर र गगन समूहमा विश्व र प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए । केन्द्रीय समिति बैठकअघि विश्व र प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको हो ।

साउनको केन्द्रीय समितिको बैठकअघि उक्त समूहको बैठक बस्न सकेको थिएन ।

केही दिनअघि विश्व र प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व र प्रदीपसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो ।

शेखर कोइराला स्वयंको भूमिका शंकास्पद रहेपछि युवानेतामा निराशा छाएको छ । खासगरी शेखरले पार्टी सभापति शेर बहादुर देउवासँग निकट सम्बन्ध राख्न थालेको र भागबन्डामा सरिक भइरहेको आरोप छ । तथापी शेखर युवानेताहरूको समर्थन पनि लिएर भावी सभापतिमा बलियो दाबेदारी प्रस्तुत गर्ने ध्याउन्नमा लागेको अड्रकल गर्न थालिएको छ।