१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

कांग्रेसको किचलो, किन बस्दैछ शेखर कोइराला पक्षको बैठक?

कांग्रेसको किचलो, किन बस्दैछ शेखर कोइराला पक्षको बैठक?
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वको लडाइँ यद्यापी जारी छ । पार्टीका वरिष्ट नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज फेरि बस्दैछ, र यसमा युवा नेतृत्वलाइ पनि निमन्त्रण गरिएको छ ।

बैठक शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज बस्ने गरी बोलाइएको छ । बैठकका शेखर र गगन थापा पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुनेछन् ।

स्रोतका अनुसार युवानेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई बैठकमा डाकिएको छ । शेखर कोइराला विश्व र प्रदीपलाई आफ्नो समूहमा भित्र्याउन प्रयासरत छन् ।

डा शेखरले १४औं महाधिवेशनपछि विश्वप्रकाश र प्रदीपसहितको बैठक पहिलो पटक गर्न लागेको बताइएको छ ।

शेखर र गगन समूहमा विश्व र प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए । केन्द्रीय समिति बैठकअघि विश्व र प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको हो ।

साउनको केन्द्रीय समितिको बैठकअघि उक्त समूहको बैठक बस्न सकेको थिएन ।

केही दिनअघि विश्व र प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व र प्रदीपसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो ।

शेखर कोइराला स्वयंको भूमिका शंकास्पद रहेपछि युवानेतामा निराशा छाएको छ । खासगरी शेखरले पार्टी सभापति शेर बहादुर देउवासँग निकट सम्बन्ध राख्न थालेको र भागबन्डामा सरिक भइरहेको आरोप छ । तथापी शेखर युवानेताहरूको समर्थन पनि लिएर भावी सभापतिमा बलियो दाबेदारी प्रस्तुत गर्ने ध्याउन्नमा लागेको अड्रकल गर्न थालिएको छ।