काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नै सुन तस्करीमा सग्लन भएको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले उपभोक्ता हित संरक्षण तथा शुसासन केन्द्रीय बिभागले आयोजना गरेको बढ्दो महंगी र उपभोक्ता हित बिषययक अन्तरक्रिया कार्यक्रम मा बोन्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनु भएको हो ।
उहाँले भन्नुभयो “संसदमा पशुपतिमा सुन भनेर पित्तल लगाइयो भन्ने हल्ला चलाएर एरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याउने काम भयो ।’
उहाँले तस्करीलाई सत्तापक्षले पोलिटिकल एजेण्डा बनाएको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो‘साढे ९ केजी सुन पक्राउ गर्यो त्यो कहाँ गयो रु के भयो ? अत्तोपत्तो छैन । बजारले त्यसलाई सामान्य रुपमा लिएको छ । भन्सारमा पक्राउ पर्यो त्यो अलपत्र अलपत्र सक्यो । कोकोका बाउछोरा केके भयो अरे । २९४ पटक सम्पर्क भएको देखियो । भन्सारमा कुदेर गएको पाइयो । यो छाड्देउ भनेको पाइयो । तर पनि केही पनि होइन । लाञ्छित कसलाई गर्नेभन्ने उहाँहरुको पोलिटिकल एजेण्डा छ ।’
उहाँले सय किलो सुन घटाएर ६१ किलोमा झारेको आरोप समेत लगाउनु भयो