२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प



अ+ अ-

एजेन्सी । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस)ले जनाएको छ ।

युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको बताएको भएपनि यसलाई संशोधित गरी ७.४ म्याग्निच्युड भएको परिमार्जित रिपोर्ट दिएको छ ।

स्थानीय समयअनुसार आइतबार राति १० बजेर ४८ मिनेटमा स्यान्ड प्वाइन्ट सहरबाट ८९ किलोमिटर दक्षिणपश्चिममा भूकम्प गएको थियो ।

अलास्काको पामरमा रहेको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि यसअघिको सुनामीको खतरनाक चेतावनीलाई कम गरेको छ ।

“उत्तर अमेरिकाका अन्य अमेरिकी र क्यानडेली प्रशान्त महासागरीय तटहरूमा सुनामीको कुनै खतरा छैन,” विज्ञप्तिमा भनिएको छ ।

अलास्का भूकम्पीय रूपमा सक्रिय प्यासिफिक रिङ अफ फायरको एक भाग हो ।

सन् १९६४ को मार्चमा ९.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो जुन उत्तरी अमेरिकामा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

यसले एन्कोरेजलाई तहसनहस पारेको थियो र अलास्काको खाडी, अमेरिकी पश्चिमी तट र हवाईमा सुनामी ल्याएको थियो । उक्त भूकम्प र सुनामीका कारण २५० भन्दा बढीको मृत्यु भएको थियो ।