• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   बीउ र बजारको अभावले घट्दैछ ओल खेती ★   प्रतितोला छ सयले घट्यो सुनको मूल्य ★   पारसले दिए सन्दीपलाई बधाई ★   आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु ★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने

रोहित पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपालको टोली घोषणा



काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

श्रीलंकामा अर्को हप्तादेखि शुरु हुने इमर्जिङ कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

नेपालको टोलीमा देव खनालदेखि स्पिनर सूर्य तामाङसम्मका युवा खेलाडीले पूनरागमन गरेका छन् । यता, ज्ञानेन्द्र मल्ल र करण केसीलाई भने विश्राम दिइएको छ ।

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । सन्दीप र दीपेन्द्र जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–२० क्यानडामा आबद्ध भएका छन् । लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् ।

प्रतियोगितामा एसियाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ‘ए’ टिम तथा अन्य तीन टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिता १३ जुलाईदेखि २३ जुलाईसम्म हुनेछ ।

इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, यूएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन् ।

नेपालको प्रतिस्पर्धा जुलाई १४ मा पाकिस्तान, जुलाई १७ मा भारत र जुलाई १९ मा यूएईसँग हुनेछ ।