१८ भाद्र २०८३, बिहीबार
,
Latest
भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने दाबी गर्नुभयो । उहाँले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने बताउनु भयो । उहाँले सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा आफूहरुको कार्यभार रहेको बताउनु भयो । उहाँले महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्ने बताउनु भयो । उहाँले अब नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी आन्दोलनको सिलसिलामा अब जुन हाम्रो नयाँ प्रवाह शुरु हुँदैछ । स्वभाविक रुपले हामीले अब जुन कार्यक्रम अघि सार्नेछौँ, जो नीतिहरु अघि सार्नेछाँै । जुन कार्यदिशा अघि सार्नेछाँै । यो महाधिवेशनमा हामीले मुलभुत रुपमा सहमति गरेका छाँै, दस्ताबेजहरुमा । अझै त्यसभित्र गहन ढंगले हामीले छलफल गर्ने नै छाँै । यो महाधिवेशनमा पनि व्यापक मन्थन हुनेछ । यो मन्थनपछि हामी जब कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यहरुलाई पारित गर्नेछौँ ।

स्वभाविक रुपले अब हामीले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता छैन कमरेडहरु । हामी जुन प्रकारको नीतिहरु पारित गरिरहेका छाँै । जुन कार्यदिशा पारित गरिरहेका छाँै । त्यही आधारमा सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा हाम्रो कार्यभार हो । यो महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर हामीले अघि बढ्नुपर्छ । यसरी हामी अघि बढ्यौँ भने नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुनेछ ।’

सम्मानित नेता खनालले दक्षिणपन्थी यथास्थितिवादका बिरुद्धमा भूकम्प सिर्जना गर्ने बताउनु भयो ।