२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु



अ+ अ-

जनकपुर । जनकपुरधाममा आजबाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गर्नुभयो ।

मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो ।

वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।

‘फेस्टिभल’को औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता लोक सञ्चारका अध्यक्ष रमेश रञ्जन झाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह, गायक सुनिल मल्लिक, अभियानी विभा झालगायतका वक्ताहरुले मैथिली भाषाको अन्तर्राष्ट्रिय ‘फिल्म फेस्टिभल’ले भाषा, संस्कृति तथा कलाको संरक्षणमा मद्दत पुग्ने बताउनुभयो ।

‘फेस्टिभल’मा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक सहभागी छन् । दुई दिनसम्म चल्ने ‘फिल्म फेस्टिभल’ सङ्घीयता कार्यान्वयन भएपछि पहिलो पटक आयोजना गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको गिरिजा चलचित्र मन्दिरमा सुरु भएको ‘फेस्टिभल’मा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम छ ।

यसैगरी वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने आयोजक लोकसञ्चार संस्थाका अध्यक्ष रमेश रञ्जन झाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय मैथिली ‘फिल्म फेस्टिभल’को क्रममा मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमालगायतका विषयमा विमर्श गरिने आयोजकले जनाएको छ । रासस