४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश



अ+ अ-

काठमाडौँ । अष्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले पराजित गर्दै अष्ट्रिय नकआउट चरणमा पुगेको हो ।

खेलको छैटौं मिनेटमा अष्ट्रियाले नेदरल्यान्ड्सको आत्मघाती गोलबाट अग्रता लिएको थियो । डोनियल मालेनले आत्मघाती गोल गरेका थिए । ४७ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा ल्याए ।

५९ औं मिनेटमा रोमानो स्किमिडले गोल गर्दै अष्ट्रियालाई २–१ गोलले अघि बढाए । यता, ७५ औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, ८० औं मिनेटमा मार्सेल साविट्जरले गोल गर्दै अष्ट्रियालाई ३–२ गोलले विजयी बनाए । समूह डी मा ३ खेलबाट ६ अंकसहित अष्ट्रिया शीर्षस्थानमा रह्यो । नेदरल्यान्ड्स ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

नेदरल्यान्ड्सको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । यसै समूहबाट फ्रान्स उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । पोल्यान्ड भने बाहिरिएको छ ।