२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?



अ+ अ-

काठमाडौँ । एक टेलिभिजन कार्यक्रमको पछिल्लो एपिसोडमा उठाइएको विषयप्रति अभिनेता अनमोल केसीले आपत्ति जनाएका छन् ।

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा कार्यक्रमकी सञ्चालिकाले सोधेको प्रश्न र अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको जवाफलाई लिएर अहिले सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

टिभी कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै अभिनेत्री जसिता गुरुङले आपत्ति जनाइसकेकी छन् ।

अनमोलले उक्त कार्यक्रममा उठाइएको विषयप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि उनीहरु तपाईंलाई सम्मान गर्छन् भने सम्मान दिनुस् । यदि उनीहरुले अनादर गर्छन् भने पनि अझै सम्मान नै दिनुस् । किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरुलाई होइन । सबैलाई सम्मान गर्नुहोस् ।’

यो पनिःटेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी