१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमा अहिले चर्चा कमाइरहेको विषय छ अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले एक टेलिभिजन शोमा गरेको टिप्पणी ।

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा स्वस्तिमा र साम्राज्ञीले अर्की अभिनेत्री जसिता गुरुङको व्यक्तिगत जीवनका बारेमा धारणा राखेका थिए ।

उक्त धारणालाई लिएर जसिताले इन्स्टाग्राममा एक पोस्ट गर्दै आपत्ति जनाएकी छन् । उक्त पोस्टको कमेन्टमा गएर स्वस्तिमा र साम्राज्ञीले माफी मागेका हुन् ।

अभिनेत्री स्वस्तिमाले लेखेकी छिन्, ‘तिम्रो भावनामा चोट पुर्‍याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैँ मेरो लागि राम्रो साथी छौँ र एक पटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

त्यस्तै, अभिनेत्री साम्राज्ञीले लेखेकी छन् ‘हामीलाई प्रश्नहरूको यो र्‍यापिड फायर राउन्डमा एक स्थितिमा राखिएको थियो तर हामीले नतिजाको बारेमा सोचेका थिएनौँ । तर, कुनै पनि तरिकाले तपाईंलाई होच्याउने प्रयास गरेका थिएनौँ । तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु ।’

यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । धेरैले जसिताको पक्षमा उभिएर प्रतिक्रिया दिइरहेका छन् ।