६ भाद्र २०८३, शनिबार
,
Latest
बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा, यी चार टोलीबीच हुनेछ भिडन्त



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकप २०२४ मा सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको छ ।

नेपाली समयानुसार मंगलबार बिहान अफगानिस्तानले बंगलादेशमाथि रोमाञ्चक जित निकालेसँगै सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो । २० टोलीबीच भएको भिडन्तमा अब चार टोलीमात्रै उपाधि नजिक छन् ।

सुपर ८ मा दुई ग्रुप थिए जसबाट भारत र इंग्ल्यान्ड तथा दक्षिण अफ्रिका र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाएका छन् । यी चार टोलीले बिहिबार फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाइनल खेल जुन २७ (बिहिबार) बिहान र राति हुनेछ । बिहान ६ः१५ बजे दक्षिण अफ्रिका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने राति सवा ८ बजे भारत र इंग्ल्यान्ड आमनेसामने हुनेछन् ।

फाइनल खेल शनिबार राति ८ः१५ बजे हुनेछ ।