६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपालको टोली घोषणा



अ+ अ-

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

श्रीलंकामा अर्को हप्तादेखि शुरु हुने इमर्जिङ कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

नेपालको टोलीमा देव खनालदेखि स्पिनर सूर्य तामाङसम्मका युवा खेलाडीले पूनरागमन गरेका छन् । यता, ज्ञानेन्द्र मल्ल र करण केसीलाई भने विश्राम दिइएको छ ।

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । सन्दीप र दीपेन्द्र जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–२० क्यानडामा आबद्ध भएका छन् । लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् ।

प्रतियोगितामा एसियाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ‘ए’ टिम तथा अन्य तीन टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिता १३ जुलाईदेखि २३ जुलाईसम्म हुनेछ ।

इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, यूएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन् ।

नेपालको प्रतिस्पर्धा जुलाई १४ मा पाकिस्तान, जुलाई १७ मा भारत र जुलाई १९ मा यूएईसँग हुनेछ ।