१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु



अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसंग बलत्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षिया गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरी सहितको टोलीसंग वार्ता सुरु भएको छ ।

गृहमन्त्रालयमा जारी वार्तामा बालिका हराएदेखिको प्रहरी अनुसन्धान, परिवारले दिएको जाहेरी, शव भेटिएको अवस्था तथा घटनाको अनुसन्धानलगायत विषयमा छलफल हुने बताइएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका चौधरी साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन् । खोजीका क्रममा भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा विभत्स तथा अमानवीय अवस्थामा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग विभिन्न राजनीतिक दल र विभिन्न सङ्घसंस्थाले पनि विरोध गर्दै आएका छन् ।