४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज चार खेल हुँदै



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । समूह सी र डी का टोलीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पहिले समूह डी का खेलहरु हुनेछन् । फ्रान्स र पोल्यान्ड तथा नेदरल्यान्ड्स र अष्ट्रिया आमनेसामने हुँदैछन् । दुबै खेल राति पौने १० बजे सुरु हुनेछ ।

समूह डी मा नेदरल्यान्ड्स ४ अंकसहित शीर्षस्थानमा रहँदा फ्रान्स समान अंक भएपनि दोस्रो स्थानमा छ । यस्तै, अष्ट्रिया ३ अंकसहित तेस्रो स्थानमा रहँदा पोल्यान्ड अंकबिहिन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । सबै टोलीको आज समूह चरणको अन्तिम खेल हो ।

यस्तै, आज मध्यरातमा समूह सी का डेनमार्क र सर्बिया तथा इंग्ल्यान्ड र स्लोभेनिया भिड्दैछन् । दुबै खेल मध्यरातमा पौने १ बजे सुरु हुनेछ ।

४ अंकसहित इंग्ल्यान्ड अंकतालिकाको शीर्षस्थानमा छ भने डेनमार्क २ अंकसहित दोस्रो तथा समान २ अंक जोडेको स्लोभेनिया तेस्रो स्थानमा रहँदा सर्बिया १ अंकसहित पुछारमा छ ।