२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान

मिसन सफल भएको चीनको दाबी, ब्रम्हाण्डका बारेमा नयाँ–नयाँ खोज गर्न राष्ट्रपति सीको अपील

चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान
तस्बिर : सिन्ह्वा
अ अ+ अ-

काठमाडौं । चीनले प्रक्षेपण गरेको चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो ।

सिन्ह्वा न्युज एजेन्सीले सो यान आज इनर मंगोलियाको मरुभूमिमा अवतरण गरेको जनाएको छ ।

सिन्ह्वाका अनुसार दक्षिणी एटलान्टिक महासागरको करिब ६ हजार किलोमिटर माथिको दूरीमा ’रिटर्नर’ ’अर्बिटर’ बाट छुट्टिएको थियो ।

पृथ्वीको वायुमण्डलमा ’क्याप्सुल’ आज दिउँसो १:४१ बजे प्रवेश गरेको पनि सिन्ह्वाले जनाएको छ । जमिनको सतहको करिब १० किलोमिटरमाथि प्यारासुट खुलेको र पूर्वनिर्धारित स्थानमा ’रिटर्नर’ अवतरित भएको थियो ।

बेइजिङ एरोस्पेस कन्ट्रोल सेन्टरका इन्जिनियर पेङ देयुनले चाङ’ई–६ मिसन निकै नै कठिन रहेको पनि बताएका छन् । इनर मंगोलियाबाट उक्त ’रिटर्नर’ लाई एयरलिफ्ट गरी बेइजिङ लगिने भएको छ । उक्त रिटर्नरले ल्याएको नमुना बेइजिङमै वैज्ञानिकहरूले अनुसन्धान गर्नेछन् ।

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ । चांग’ई–६ मिसन सफलतापूर्वक पूरा भएकोमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाइ दिएका छन् । उनले ब्रम्हाण्डका बारेमा नयाँ–नयाँ खोज गर्न पनि वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

समग्र मानव–जगत्को भलाइका लागि अनुसन्धान र खोज प्रक्रियालाई निरन्तरता दिँदै मुलुकलाई अगाडि बढाउनसमेत उनले अपील गरेका छन् ।

चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

विभिन्न देशले चन्द्रमामा मानिस बस्न सक्ने/नसक्ने अनुसन्धान गर्नका लागि पनि विभिन्न समयमा यानहरू पठाइरहेका छन् । चन्द्रमामाको सुदूर हिस्सामा यान पठाउने भने चीन एक्लो मुलुक हो । चन्द्रमामा हिउँको अंश भएको वैज्ञानिकहरूले आशंका व्यक्त गर्दै आएका छन् । जसबाट अक्सिजन, पानी र हाइड्रोजन बनाउन मद्दत पुग्न सक्छ ।

चिनियाँ यानले ल्याएको नमुनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ । उक्त यान चीनले मे महिनाको पहिलो साता चीनको हैनान प्रान्तमा रहेको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चन्द्रमामा पठाएको थियो ।