२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

कतै काठमाडौँ प्रदूषणको चेम्बरमा परिणत त हुँदै छैन ?

कतै काठमाडौँ प्रदूषणको चेम्बरमा परिणत त हुँदै छैन ?
अ अ+ अ-

काठमाडौँको वायु प्रदूषण जाडोको मौसममा अत्यधिक हुने गर्दछ। काठमाडौँको प्रदूषण बाहिर निक्लने भनेको काठमाडौँको जमिनको तापक्रम बढी भै जमिन तातेर प्रदूषित हावा विस्तारै माथि गै पश्चिमबाट बग्ने हावाले पूर्व बनेपातिर धकल्ने हो ।

जाडोको समयमा न्यून तापक्रमले गर्दा न त जमिन राम्रोसँग तात्दछ र प्रदूषित हावा जमिनभन्दा माथि त्यति धेरै जान सक्छ न त अलि अलि माथि पुगेको प्रदूषित हावा न्यून वायु वेगको कारण पूर्वतर्फ़ धकेलिन नै सक्छ। न्युन तापक्रमले जाडोको बेलामा जमिन राति चिसो हुने गर्छ। सामान्यतया जमिनबाट उचाइमा जाँदा हावाको तापक्रम विस्तारै घट्छ।

तर, जाडोको मौसममा काठमाडौँमा रातको समयमा जमिनको केही माथि तातो हावाको तह (layer) बन्ने हुनाले उक्त तातो हावाले कुचालक (insulator) को काम गर्छ। यसले गर्दा काठमाडौँको जमिनको प्रदूषित हावा जमिनबाट धेरै माथि जान नपाई सतहमै जम्मा हुन्छ। तसर्थ बिहानीपख शारीरिक व्यायामको लागि हिँड्डुल गर्दा प्रदूषित हावाको शिकार भइन्छ। त्यसले शरीरमा प्रतिकूल असर गर्छ। बेलुकी चार बजेपछि जमिनको सतह विस्तारै तात्ने हुनाले (घाम लागेको खण्ड मा) प्रदूषणको प्रभाव जमिन सतहमा कम हुन्छ।

काठमाडौँ छैटौँ जनधनत्व भएको सहरको सूचीमा पर्दछ । पछिल्लो तथ्यांक अनुसार जनसंख्याको आधारमा प्रतिवर्ग किलोमिटर २०० व्यक्ति देखिन्छ । काठमाडौँ खाल्डोमा रहेको छ । यसको चारैतिर डाँडा भएका कारण हावा चल्ने ठाउँ नै छैन । यहाँ चोभारको गल्छीबाट मात्र हावा प्रवेश गर्छ भने साँगा भञ्ज्याङबाट मात्र बाहिर निस्कने ठाउँ छ ।

अझ जाडो समयमा ऊर्जा बढी खपत हुने हुनाले प्रदूषणको मात्रा झनै बढ्छ । मंसिरबाट उपत्यकाको प्रदूषण निकै बढ्ने र चैतबाट केही कम हुने गरेको छ । एक तथ्यांकअनुसार प्रतिवर्ष २० हजारभन्दा बढी निधन मान्छेमा कुनै न कुनै रुपमा वायु प्रदूषणको समस्या देखिन्छ । विश्वभर मान्छेको आयु २ देखि १० वर्षसम्म वायु प्रदूषणका घटेको तथ्यांक देखिन्छ ।

कसरी घटाउने त प्रदूषण ?

काठमाडौँको जनसंख्या विकेन्द्रीत गर्नु पर्दछ । यसैगरी उपत्यकाको डाडाँभन्दा पर सिस्टर सिटीको विकास गर्नु पर्छ । त्यसैगरी विद्युतीय सवारी साधनको उपयोग तथा पेट्रोलियम पदार्थको खपतलाई कम गर्नु पर्दछ ।

साथै सहरको बसोबास रहेको क्षेत्रभित्र २० प्रतिशत अनिवार्यरुपमा खाली जमिन छाड्नु पर्दछ । विकससित देशहरुले ठाउँ ठाउँमा ठूला ठुला भ्याकुम राखेर धुलोलाई एकीकृतसमेत गर्ने गरेका छन् ।

यसैगरी निरन्तर सफाइ, फुटपाथ तथा बाटाको सफाइ तथा निर्माण सामग्रीको उचित व्यवस्थापन गर्नुपर्दछ ।

नेपालमा तथ्यांक नै छैन

नेपालमा संक्रमण रोगका लागि कति र कुन कुन प्रकारका औषधी खरिद भएका छन् र प्रयोग भएको छ भन्ने तथ्यांक नै छैन । फोक्सोसम्बन्धी औषधी उत्पादन र बिक्री तथा उपयोग प्रदूषणको अवस्थाका बारेमा अध्ययन गर्न महत्वपूर्ण तथ्यांक हो । यसलाई आधार बनाएर कुनै प्रतिवेदन तयार पार्ने र सरकारले नीति बनाउन काम नै गरेका छैन ।

विश्व स्वास्थ्य संगठनले ६० माइक्रोग्रामभन्दा बढी धुलो भए त्यो जोखिमयुक्त मान्ने गरेको छ, तर काठमाडौँमा ६०० माइक्रोग्रामसम्म पुग्ने गरेको छ । प्रदूषणका हिसाबले हामी निकै संकटतर्फ गइरहेका छौँ ।

काठमाडौँ उपत्यकालाई आर्थिक सहर बनाउने हो, यसलाई औद्योगिक सहर बनाउने गल्ती गर्नु हुँदैन । अन्य ठाउँमा पनि उद्योग वा कलकारखाना खोल्ने अनुमति दिँदा हावाको बहावलाई ध्यान दिएर त्यसका आधारमा मात्र दिनु पर्दछ ।

वातावरणविद् डा. रुपक अर्यालसँग गरिएको कुराकानीमा आधारित । वातावरणविद् अर्यालसँग करिब २० वर्षदेखि वातावरण विज्ञानको शोधकार्यमा विभिन्‍न देशमा (नेपाल, जापान, दक्षिण कोरिया र हाल अस्ट्रेलिया) काम गरेको अनुभव छ । हाल अस्ट्रेलियाको टेक्नोलोजी अफ सिड्नी विश्‍वविद्यालयमा अध्यापन र अनुसन्धानमा संलग्‍न अर्यालका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक शोध कृति र पुस्तक प्रकाशित छन् ।