३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

कतै काठमाडौँ प्रदूषणको चेम्बरमा परिणत त हुँदै छैन ?

कतै काठमाडौँ प्रदूषणको चेम्बरमा परिणत त हुँदै छैन ?
अ+ अ-

काठमाडौँको वायु प्रदूषण जाडोको मौसममा अत्यधिक हुने गर्दछ। काठमाडौँको प्रदूषण बाहिर निक्लने भनेको काठमाडौँको जमिनको तापक्रम बढी भै जमिन तातेर प्रदूषित हावा विस्तारै माथि गै पश्चिमबाट बग्ने हावाले पूर्व बनेपातिर धकल्ने हो ।

जाडोको समयमा न्यून तापक्रमले गर्दा न त जमिन राम्रोसँग तात्दछ र प्रदूषित हावा जमिनभन्दा माथि त्यति धेरै जान सक्छ न त अलि अलि माथि पुगेको प्रदूषित हावा न्यून वायु वेगको कारण पूर्वतर्फ़ धकेलिन नै सक्छ। न्युन तापक्रमले जाडोको बेलामा जमिन राति चिसो हुने गर्छ। सामान्यतया जमिनबाट उचाइमा जाँदा हावाको तापक्रम विस्तारै घट्छ।

तर, जाडोको मौसममा काठमाडौँमा रातको समयमा जमिनको केही माथि तातो हावाको तह (layer) बन्ने हुनाले उक्त तातो हावाले कुचालक (insulator) को काम गर्छ। यसले गर्दा काठमाडौँको जमिनको प्रदूषित हावा जमिनबाट धेरै माथि जान नपाई सतहमै जम्मा हुन्छ। तसर्थ बिहानीपख शारीरिक व्यायामको लागि हिँड्डुल गर्दा प्रदूषित हावाको शिकार भइन्छ। त्यसले शरीरमा प्रतिकूल असर गर्छ। बेलुकी चार बजेपछि जमिनको सतह विस्तारै तात्ने हुनाले (घाम लागेको खण्ड मा) प्रदूषणको प्रभाव जमिन सतहमा कम हुन्छ।

काठमाडौँ छैटौँ जनधनत्व भएको सहरको सूचीमा पर्दछ । पछिल्लो तथ्यांक अनुसार जनसंख्याको आधारमा प्रतिवर्ग किलोमिटर २०० व्यक्ति देखिन्छ । काठमाडौँ खाल्डोमा रहेको छ । यसको चारैतिर डाँडा भएका कारण हावा चल्ने ठाउँ नै छैन । यहाँ चोभारको गल्छीबाट मात्र हावा प्रवेश गर्छ भने साँगा भञ्ज्याङबाट मात्र बाहिर निस्कने ठाउँ छ ।

अझ जाडो समयमा ऊर्जा बढी खपत हुने हुनाले प्रदूषणको मात्रा झनै बढ्छ । मंसिरबाट उपत्यकाको प्रदूषण निकै बढ्ने र चैतबाट केही कम हुने गरेको छ । एक तथ्यांकअनुसार प्रतिवर्ष २० हजारभन्दा बढी निधन मान्छेमा कुनै न कुनै रुपमा वायु प्रदूषणको समस्या देखिन्छ । विश्वभर मान्छेको आयु २ देखि १० वर्षसम्म वायु प्रदूषणका घटेको तथ्यांक देखिन्छ ।

कसरी घटाउने त प्रदूषण ?

काठमाडौँको जनसंख्या विकेन्द्रीत गर्नु पर्दछ । यसैगरी उपत्यकाको डाडाँभन्दा पर सिस्टर सिटीको विकास गर्नु पर्छ । त्यसैगरी विद्युतीय सवारी साधनको उपयोग तथा पेट्रोलियम पदार्थको खपतलाई कम गर्नु पर्दछ ।

साथै सहरको बसोबास रहेको क्षेत्रभित्र २० प्रतिशत अनिवार्यरुपमा खाली जमिन छाड्नु पर्दछ । विकससित देशहरुले ठाउँ ठाउँमा ठूला ठुला भ्याकुम राखेर धुलोलाई एकीकृतसमेत गर्ने गरेका छन् ।

यसैगरी निरन्तर सफाइ, फुटपाथ तथा बाटाको सफाइ तथा निर्माण सामग्रीको उचित व्यवस्थापन गर्नुपर्दछ ।

नेपालमा तथ्यांक नै छैन

नेपालमा संक्रमण रोगका लागि कति र कुन कुन प्रकारका औषधी खरिद भएका छन् र प्रयोग भएको छ भन्ने तथ्यांक नै छैन । फोक्सोसम्बन्धी औषधी उत्पादन र बिक्री तथा उपयोग प्रदूषणको अवस्थाका बारेमा अध्ययन गर्न महत्वपूर्ण तथ्यांक हो । यसलाई आधार बनाएर कुनै प्रतिवेदन तयार पार्ने र सरकारले नीति बनाउन काम नै गरेका छैन ।

विश्व स्वास्थ्य संगठनले ६० माइक्रोग्रामभन्दा बढी धुलो भए त्यो जोखिमयुक्त मान्ने गरेको छ, तर काठमाडौँमा ६०० माइक्रोग्रामसम्म पुग्ने गरेको छ । प्रदूषणका हिसाबले हामी निकै संकटतर्फ गइरहेका छौँ ।

काठमाडौँ उपत्यकालाई आर्थिक सहर बनाउने हो, यसलाई औद्योगिक सहर बनाउने गल्ती गर्नु हुँदैन । अन्य ठाउँमा पनि उद्योग वा कलकारखाना खोल्ने अनुमति दिँदा हावाको बहावलाई ध्यान दिएर त्यसका आधारमा मात्र दिनु पर्दछ ।

वातावरणविद् डा. रुपक अर्यालसँग गरिएको कुराकानीमा आधारित । वातावरणविद् अर्यालसँग करिब २० वर्षदेखि वातावरण विज्ञानको शोधकार्यमा विभिन्‍न देशमा (नेपाल, जापान, दक्षिण कोरिया र हाल अस्ट्रेलिया) काम गरेको अनुभव छ । हाल अस्ट्रेलियाको टेक्नोलोजी अफ सिड्नी विश्‍वविद्यालयमा अध्यापन र अनुसन्धानमा संलग्‍न अर्यालका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक शोध कृति र पुस्तक प्रकाशित छन् ।