२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् विश्वकै सबैभन्दा आरामदायी जेल, जहाँ कैदीलाई मिल्छ होस्टेलको जस्तै सुविधा



अ+ अ-

एजेन्सी । हामी जेलको नाम सुन्ने बित्तिकै दुई समयको सुकेको रोटी र सानो कोठामा थुनिएको कठिन जीवन सम्झन्छौं । तर के तपाईलाई थाहा छ संसारमा यस्ता जेलहरु छन्, जहाँ कैदीहरुले धेरै सुविधाहरु पाउँछन् । यी कारागारहरूमा सायद कैदीले सजाय काट्न पछुताउनु पर्दैन ।

सामान्यतया कारागारमा कैदीहरूलाई दिनमा तीन छाक खाना र एउटा बाथरुम दिइन्छ, जुन निकै फोहोर हुन्छ । तर आज हामी तपाईलाई संसारका यस्ता जेलको बारेमा बताउन गइरहेका छौँ, जहाँ कैदीहरूलाई व्यक्तिगत कोठामा जस्तै सबै सुविधा दिइन्छ ।

बास्टोय जेल – नर्वे


यो जेल नर्वेको ओस्लोफजोर्डको बास्टोय आइल्याण्डमा बनेको छ । जहाँ सयभन्दा बढी कैदीहरू राखिएका छन् । कैदीहरूलाई दिने सुविधाका लागि यो कारागार प्रसिद्ध छ । कैदीबन्दीका मनोरञ्जनका लागि पनि धेरै सुविधा छन् । यसमा टेनिस, घोडसवारी, माछा मार्ने र घाम नुहाउने जस्ता सुविधाहरू छन् । यहाँ थोरै सुरक्षा गार्डका कारण कैदीबन्दीलाई जेल जस्तो पनि लाग्दैन ।

एचएमपी एड्डीवेल – स्कटल्याण्ड


यो जेललाई लर्निङ जेल पनि भनिन्छ । वास्तवमा, यहाँ कैदीहरूलाई हप्ताको ४० घण्टा कुनै न कुनै सीप सिकाइन्छ । जसले गर्दा कैदीहरू कारागारबाट बाहिरिएपछि राम्रो जीवनयापन र राम्रो आम्दानी गर्न सक्षम बन्न सकून् । त्यसैले यहाँ सात सयभन्दा बढी कैदीलाई तालिम दिइन्छ । यो संसारको उत्कृष्ट जेल मध्ये एक हो ।

ओटागो करेक्शन फ्यासिलीटी – न्यूजिल्याण्ड


यस कारागारमा कैदीबन्दीको सीप विकासमा जोड दिइन्छ । यहाँ तिनीहरूलाई आरामदायी कोठा, र सबै सुविधाहरू प्रदान गरिएको छ । यहाँबाट छुटेपछि हरेक कैदीले कुनै न कुनै काममा दक्ष भएर राम्रो जीवन बिताउने प्रयास जेलको तर्फबाट भइरहेको छ ।

जस्टिस सेन्टर लोबेन – अस्ट्रिया


यहाँ प्रत्येक कैदीको व्यक्तिगत कोठा छ, जसमा एक निजी बाथरूम पनि उपलब्ध छ । यति मात्र होइन, किचन र टिभीको सुविधा पनि छ । यसबाहेक कैदीहरूको जिम र बास्केटबल कोर्ट पनि छ ।

आरान्जुएज जेल – स्पेन


यो जेल यति विशेष छ कि यसलाई मानवताको उत्कृष्ट उदाहरण मान्न सकिन्छ । वास्तवमा, साना बच्चाहरू भएका कैदीहरू पनि यहाँ आफ्नो परिवारसँग बस्न सक्छन् । यति मात्र होइन, कुनै पनि कैदीलाई आफ्नो अभिभावकत्वबाट वञ्चित गर्न नपरोस् भनेर बालबालिकाका लागि विद्यालयको सुविधा पनि छ ।