२४ श्रावण २०८३, आईतवार
,
Latest
ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बनाइँदै, बेनी–दरवाङ सडकको जोखिम घट्ने ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री आकांक्षाले होटलको पंखामा झुण्डिएर आत्महत्या गरिन्



अ+ अ-

एजेन्सी । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन् ।

शनिबार राति सुटिङ सकेर नायिकाले होटलमा गएर आत्महत्या गरेकी हुन् । उनको शव होटलको कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

सूचना पाएपछि सारनाथ प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएको छ । हालसम्म आत्महत्याको कारण खुल्न सकेको छैन । आकांक्षाको जन्म उत्तर प्रदेशको मिर्जापुरमा २१ अक्टोबर १९९७ मा भएको थियो । उनलाई सानैदेखि नृत्य र अभिनयमा रुचि थियो । उनी प्रायः सामाजिक सञ्जालमा डान्सको भिडियो पोस्ट गर्ने गर्थिन् ।

आकांक्षा शनिबार राति सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा बसेकी थिइन् र बिहान उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । हतारमा होटलका कर्मचारीले सारनाथ प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि आफन्तलाई पनि घटनाबारे जानकारी गराइएको थियो । प्रहरीले अभिनेत्रीको मोबाइल र अन्य सामान कब्जामा लिएर अनुसन्धान सुरु गरेका छन् । साथै उनको नम्बरको कल डिटेल पनि निकाल्ने काम भइरहेको छ ।

आकांक्षा दुबे भोजपुरीकी चर्चित अभिनेत्री थिइन् । उनले सन् २०१९ मा फिल्म ‘मेरी जंग मेरा फैसला’ बाट डेब्यू गरेकी थिइन् । उनले यो फिल्ममा केमियो गरे पनि सानो भूमिकामा दर्शकलाई निकै प्रभावित पारे । त्यसपछि उनले भोजपुरी फिल्म ‘मुझसे शादी करोगी’ र ‘साजन’ जस्ता फिल्महरू गरिन् जुन निकै हिट भयो ।