२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे



Symbolic picture of divorce
अ+ अ-

काठमाडाैँ । तनहुँ जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढ्दै गएका पाइएको छ ।

महिलाहरूमा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्य बताउनुहुन्छ ।

सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्धविच्छेदको मुख्य कारण भएको उहाँको ठम्म्याइ छ । गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दर्ता भएका दुई हजार ४५६ मुद्दामध्ये सम्बन्धविच्छेदका ९५२ छन् ।

अदालतले ८१० मुद्दा निरुपण भएका छन् । आर्थिक वर्ष २०८२÷८३ मा अंशका २८७ मुद्दा दर्ता भएकामा १७९ किनारा लगाइएको छ ।