२४ श्रावण २०८३, आईतवार
,
Latest
समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन… प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र



अ+ अ-

काठमाडाैँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमन कडाइ गरिएको हो ।

उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरताका साथै प्रभावकारी बनाइएको छ भने आपूर्तिमा क्रमशः सहजता आउन थालेको छ ।

ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनका लागि काठमाडौँ उपत्यकाका डिपोहरूमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको थियो । मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरणका लागि निर्देशन दिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।




भर्खरै