११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा

लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा
अ अ+ अ-

काठमाडाैँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ ।

भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ । सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको अस्पताल भवन केही साताअघि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७७/७८ मा काम सुरु भएको भवन रु छ करोड १८ लाख ७९ हजार ४८१ को लागतमा निर्माण गरिएको हो ।

दुईतले आरसिसी भवनमा उपचार कक्ष, शौचालय, विद्युत् तथा खानेपानीलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको छ । भवनको जिम्मा पाएको शृङ्खला निर्माण सेवा प्रालि बिदुर नगरपालिका-४ (नुवाकोट)ले निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ । अस्पताल सञ्चालनका लागि दुई चिकित्सकसहित २२ जनाको दरबन्दी कायम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला, फार्मेसी तथा प्रशासनतर्फका कर्मचारीको दरबन्दी रहे पनि आवश्यकताअनुसार थप जनशक्ति करार सेवाबाट व्यवस्थापन गरिने उहाँले बताउनुभयो । अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा अन्य सामग्री व्यवस्थापन गर्न सङ्घ र प्रदेश सरकारसँग माग गरिएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध भएपछि अस्पताललाई निर्धारित सेवा र क्षमताअनुसार सञ्चालन गर्न सहज हुने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक सेवा तथा दन्त उपचार सेवा स्थानीयस्तरबाटै प्राप्त गर्ने बताउनुभयो । जटिल प्रकृतिका बिरामीलाई भने आवश्यकता अनुसार सुविधा सम्पन्न अस्पतालमा पठाइने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले यही साउन अन्त्यसम्म अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

हाल वडा नं ७ मा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीलाई साउन महिनाभित्रै नयाँ अस्पताल भवनमा स्थानान्तरण गरी सोही भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । दश शय्याको अस्पताल सञ्चालनका लागि भवन, दरबन्दी तथा आधारभूत पूर्वाधार तयार भए पनि आवश्यक उपकरण र स्रोतसाधनको व्यवस्थापन पूरा गर्नुपर्ने भएकाले अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न चुनौती रहेको गाउँपालिकाले जनाएको छ । आवश्यक व्यवस्था पूरा भएमा मर्स्याङ्दी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक तथा दन्त उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । रासस