२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री आकांक्षाले होटलको पंखामा झुण्डिएर आत्महत्या गरिन्



अ+ अ-

एजेन्सी । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन् ।

शनिबार राति सुटिङ सकेर नायिकाले होटलमा गएर आत्महत्या गरेकी हुन् । उनको शव होटलको कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

सूचना पाएपछि सारनाथ प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएको छ । हालसम्म आत्महत्याको कारण खुल्न सकेको छैन । आकांक्षाको जन्म उत्तर प्रदेशको मिर्जापुरमा २१ अक्टोबर १९९७ मा भएको थियो । उनलाई सानैदेखि नृत्य र अभिनयमा रुचि थियो । उनी प्रायः सामाजिक सञ्जालमा डान्सको भिडियो पोस्ट गर्ने गर्थिन् ।

आकांक्षा शनिबार राति सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा बसेकी थिइन् र बिहान उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । हतारमा होटलका कर्मचारीले सारनाथ प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि आफन्तलाई पनि घटनाबारे जानकारी गराइएको थियो । प्रहरीले अभिनेत्रीको मोबाइल र अन्य सामान कब्जामा लिएर अनुसन्धान सुरु गरेका छन् । साथै उनको नम्बरको कल डिटेल पनि निकाल्ने काम भइरहेको छ ।

आकांक्षा दुबे भोजपुरीकी चर्चित अभिनेत्री थिइन् । उनले सन् २०१९ मा फिल्म ‘मेरी जंग मेरा फैसला’ बाट डेब्यू गरेकी थिइन् । उनले यो फिल्ममा केमियो गरे पनि सानो भूमिकामा दर्शकलाई निकै प्रभावित पारे । त्यसपछि उनले भोजपुरी फिल्म ‘मुझसे शादी करोगी’ र ‘साजन’ जस्ता फिल्महरू गरिन् जुन निकै हिट भयो ।