२४ श्रावण २०८३, आईतवार
,
Latest
सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम



अ+ अ-

काठमाडाैँ । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनःस्थापनामा पहुँच बढाउने उद्देश्यले यहाँ क्रियाशील करुणा फाउन्डेसनले जिल्लामा एक हजार ७९३ जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार गरेको छ ।

फाउन्डेसनले एक हजार ७६३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गर्नाका साथै महिला स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण तथा परिचालन, अपाङ्गता भएका व्यक्तिका लागि सहायक वितरण, मानसिक स्वास्थ्य परामर्श तथा स्वास्थ्य शिविर, अल्पकालीन सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ ।

जिल्लाका छ स्थानीय तहमा ती कार्यक्रम सञ्चालन भएका र हालसम्म रु एक करोड ७४ लाख ११ हजार खर्च भएको कार्यक्रम संयोजक केदार भण्डारीले राससलाई बताउनुभयो । प्रदेश र स्थानीय सरकार तथा फाउन्डेसनको समन्वयमा आर्थिक वर्ष २०८१/८२ देखि छ वटै स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेका छन् । रासस