१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव



गुड गभर्नेन्स प्रोटेक्सन फोरम नेपालद्वारा आइतबार आयोजना गरिएको ‘नेसनल गभर्नेन्स समिट २०२६’मा मन्तव्य राख्नुहुँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सभापति हरि ढकाल । तस्बिर : प्रदीपराज वन्त/ रासस
अ+ अ-

काठमाडाैँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाउनु भयो ।

नेपालमा सिंह नपाइने उल्लेख गर्दै उहाँले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गर्नुभयो । सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औंल्याउनु भयो । प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उहाँको जोड छ ।

ढकालले भन्नुभयो, ‘परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ नाम परिवर्तन भए । त्यो सिंहदरबार भन्ने चाहीँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला, त्यो परिवर्तनपछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा । हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ । त्यो चिर्नुपर्नेछ । मैले यो मुहानका विषयमा यति कुरा राखेँ ।’

सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको औंल्याउनु भयो । उहाँले प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्नेमा जोड दिनुभएको छ ।




भर्खरै