२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको नाम हरि! गोबर राखे हुन्न ?



अ+ अ-

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले कटाक्ष गर्नुभएको छ।

सांसद ढकालले सिंहदरबारमा सिंहको मूर्ति वा सिंह नै नभएको भन्दै यसको नाम परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको थियो। त्यसप्रति प्रतिक्रिया जनाउँदै श्रेष्ठले सामाजिक सञ्जालमार्फत ढकालमाथि व्यंग्य गर्नुभएको हो।

श्रेष्ठले लेख्नुभएको छ, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन, उसको नाम चाहिँ हरि !? गोबर नाम राखे हुन्न?’

श्रेष्ठको उक्त अभिव्यक्ति सांसद ढकालको सिंहदरबारको नाम परिवर्तनसम्बन्धी प्रस्तावप्रति लक्षित रहेको देखिन्छ।