९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास
अ अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाउने काम तीव्र पारिएको छ।

बाढीका कारण आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको उद्धार टोली खोजी तथा उद्धारमा जुटेको छ। टोलीले पाँचवटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरलगायतका उपकरण प्रयोग गरिरहेको छ।

सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचना तथा ठूला ढुंगा र अन्य डेब्रिस थुप्रिएका छन्। रातदिन निरन्तर प्रयासपछि उद्धार टोलीले माथिल्लो भागबाट करिब तीन फिट सुरुङको मुख खुलाउन सफल भएको छ।

सुरुङको मुख केही खुलेसँगै उद्धार टोली करिब १५–२० मिटर भित्रसम्म प्रवेश गरिसकेको छ। यद्यपि, एक्स्क्याभेटर तथा अन्य मेसिनहरू सुरुङभित्र लैजान सक्ने गरी प्रवेशद्वार पूर्ण रूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ।

ठूला ढुंगा हटाउन थप सातवटा बोल्डर ब्लास्टिङका लागि तयारी अवस्थामा राखिएको छ। सुरुङमा थुप्रिएको डेब्रिस हटाउँदै सुरक्षित रूपमा उद्धार तथा खोजी कार्य अघि बढाइएको टोलीले जनाएको छ।

करिब १७० मिटर लामो उक्त सुरुङ माटो, लेदो र डेब्रिसले भरिएको छ। सुरुङको सम्पूर्ण भाग छिचोलेपछि मात्रै आयोजनाको पावरहाउस लगायतका भित्री संरचनासम्म पुग्न सकिने भएकाले उद्धार टोलीले सुरुङ खुलाउने कामलाई प्राथमिकतामा राखेको छ।