२४ श्रावण २०८३, आईतवार
,
Latest
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला



अ+ अ-

काठमाडाैँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेका छन्।

शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव आइतबार निरन्तर खोजी गर्ने क्रममा जंगलको बीच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार सिंहको खोजीका क्रममा जंगल क्षेत्रमा उनको शव भेटिएको हो। उनी चढेर गएको मोटरसाइकलसमेत जंगलमै रोकिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। घरबाट निस्किएको करिब डेढ घण्टापछि दिउँसो साढे ३ बजेतिर उनले आफूनिकट केही व्यक्तिलाई फोन गर्दै आफू जंगलमा बाटो बिराएको बताएका थिए।

त्यसपछि आफन्त र स्थानीयको टोलीले उनको खोजी सुरु गरेको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगलमा उनले प्रयोग गर्ने लु.प्र.०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल भेटिएको थियो।

सिंहको मृत्युको कारणबारे भने प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।